नेपाली काँग्रेसका नेता प्रेमराज राईको निधन

सूचना दैनिक
मङ्लबार, पुस १५, २०७६

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रेमराज राईको निधन भएको छ । ओखलढुङ्गाका पूर्व पार्टी सभापति समेत रहेका प्रेमराज राईको ७२ वर्षको उमेरमा लैनचौरस्थित मनमोहन सामुदायिक अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि कलेजोको रोगबाट पिडित रहेका थिए । 

पारिवारिक स्रोतका अनुसार उनको अस्पतालमा निधन भएको र बुधबार मुन्दुम विधिअनुसार संस्कार गरिने बताइएको छ । दाहसंस्कारको लागी उनको पार्थिव शरीरलाई ओखलढुङ्गाको मोली अर्थात उनकै घरमा लगिएको छ ।