कोरियामा कामदारको तलब बढ्यो, मासिक तलब अब १ लाख ७२ हजार बढी हुने !

सूचना दैनिक
बिहिबार, पुस १७, २०७६

सउल : दक्षिण कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको न्युनतम ज्याला बृद्दी भएको छ। २०१९ को तलबको तुलनामा २.८७ प्रतिशतले बृद्दी भई प्रतिघन्टा ८५९० वोन (७.४ अमेरिकी डलर) भएको हो। दैनिक ८ घन्टा हप्ताको ४० घन्टा कामगर्ने मजदुरको न्युनतम ज्याला महिनामा १७,९५,३१० कोरियन वोन हुनेछ। साथै दिनमा ८ घन्टाभन्दा माथी अतिरिक्त कामगर्ने मजदुरले राती दश बजेसम्म प्रतिघन्टा १२,८८५ वोन पाउनेछन।

त्यसैगरी राती १० बजेदेखी बिहान ६ बजेसम्मको अतिरिक्त रात्री भत्ता सहित प्रतिघन्टा १७,१८० वोन प्राप्त गर्नेछन। गत जुलाईमा तलब निर्धारण समिती र श्रम तथा ब्यबसाय प्रतिनिधीहरुबिच छलफल पश्चात २.८७ प्रतिशत तलब बढाउने सहमती भएको थियो। बृद्दी भएको तलब बाट करिब १.३७ मिलियन श्रमिकहरु प्रतक्ष लाभान्बित हुने तलब निर्धारण समितीले बताएको छ।उसले भनेको छ कि ” तलब बृद्दी ले बढदो महङ्गी तथा खर्चिलो जिवनयापन लाई केही भएपनी राहत दिने छ।”

एकातिर तलब बृद्दीले साना तथा मझौला उधोगहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ भने अर्को तर्फ तलब बृद्दीले श्रमिकहरु पनि त्यति खुशी छैनन। तलब बृद्दीसंगै कम्पनीले खाना तथा बसोबास को लागी भनेर कम्पनीलाई श्रमिकको तलबको १०% देखी २०% कटौती गर्न छुट भएसंगै लाखौँ श्रमिकहरु तलब बृद्दीले त्यती उत्साहित देखिदैनन।