जम्मु कश्मीरमा नेपालीको निधन: ६ महिना अघि विवाह गरेकी श्रीमतीसंग कुरा गर्दागर्दै गो ली चल्यो, अनि फोन अफ भयो

सूचना दैनिक
बिहिबार, पुस १७, २०७६

काठमाडौं, १७ पुष ।

भारतको केन्द्र शासित जम्मु कास्मिरको भएको आ तं कवादी ह म लामा एक जना गोर्खाली सै निकको नि धन भएको छ । कास्मिरको नौशेरामा मंगलबार राति भएको ह म लामा भारतीय से नामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको नि धन भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतीय से नामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा नि धन भएको जनाइएको छ । भारतीय से नाका प्रवक्ता ले फ्टि नेन्ट कर्णेल देवेन्द्र आनन्दले सो कुराको पुष्टि गरेका छन् । आनन्दद्वारा बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मगर गोरखाको रि प गाउँका हुन् । घट नामा भारतीय से नामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि नि धन भएको छ ।

६ महिना अघि मात्र तनहुँ दुले गौँडावाट उनले विवाह गरेका थिए । चार वर्ष अघि भारतीय सेनामा जागिर भएका उनले छुट्टीमा घर आउँदा विवाह गरेर फर्केका थिए । उनी पुष ५ गते मात्र भारत फर्केका थिए । उनको घरमा आमा छैनन् । आमाको निधन भइसकेको छ । घरमा बुवा र दिदीबहिनी मात्र भएको थापाको मामाले बताएका छन् । गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पास गरेर ११ पढ्दा पढ्दै उनी सेनामा जागिर खान गएका थिए ।

भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गो ली च लेको हो । कुराकानीको क्रममा अर्जुनले ‘गो ली च ल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’

परिवारलाई सुखमा राख्छु भन्दै सेनामा भर्ती भएका अर्जुनको निधनले पुरै ठूलो रि प गाउँ शोकमा डुवेको छ । विद्यालय पढ्दाको उमेर देखि नै निकै मिलनसार अर्जुनले बुवालाई पनि फोनमा अब हजुरले दुख गर्ने दिन गए म राम्रो कमाउछु र परिवारलाई सुखसंग राख्छु भनेर सम्झाउँथे । आमाको निधन भइसकेका कारण एक्लो छोराको रुपमा उनले दिदीवहिनी प्रति पनि अभिभावकको जस्तो भूमिका निभाउँथे ।