काश्मिरको भिडन्तमा परि भारतीय सेनामा कार्यरत अर्जुन थापा मगरको मृ त्यु

सूचना दैनिक
बिहिबार, पुस १७, २०७६

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हा’नाहान हुदा मृ त्यु हुने नेपाली गोरखाका रहेको पुष्टी भएको छ ।

मृ त्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापामगर रहेको बताइएको छ ।

थापा ५ बर्ष अघि भारतिय सेनामा भर्ती भएका थिए । बुधबार भारितय सेनाले परिवारलाई अर्जुन मृ त्युको बारेमा खबर गरेका थिए ।

सो लगत्तै बुधबार नै परिवार एवं आफन्त उनको श व लिन काकडभित्ता गएको उनका नातेदार सुजित थापा मगरले सिभिलखबरलाई जानकारी दिए ।

भारतिय सेनाको टोलीले काकडभित्तासम्म उनको श व ल्याइदिने र परिवारको जिम्मा लगाउने खबर आएको थापा मगरले बताए ।
२ बर्षअघि आमा गुमाएका अर्जुनले ६ महिना अघि मात्रै विहे गरेका थिए । बिहे गरेर उनि पहिलो छुट्टी गएको नातेदार थापा मगरले बताए ।

उनले गोरखा नगरपालिका ९ लक्ष्मीबजारको द्रब्यशाह बहुमुखी क्याम्पसमा पढेका हुन् ।

उनको परिवारमा बुवा, श्रीमती सहित एक दिदी र एक बहिनी छन् ।