उपत्यका लगायतका जिल्लाहरुमा भारी वर्षा, जाडो बढ्ने भन्दै मौसमविद्ले दिए यस्तो चेतावनी

काठमाडौं । लगातारको जाडोसँगै उपत्यका लगायतका जिल्लाहरुमा मेघ गर्जनसहित वर्षा सुरु भएको छ । हिमाली र पहाडी जिल्लाहरुमा बढेको चिसोले हिमपात भइरहेको छ । तराईका जिल्लाहरुमा शितलहर, हुस्सु लागिरहेको छ । मान्छेहरु जाडोले घर बाहिर निस्कन सकेको छैनन् । यो जाडो अझै केही दिन रहने मौसमविद्हरुले जानकारी दिएका छन् । तीन दिनको मौसम तल हेर्नुहोस्

आगामी तीन दिनको मौसम पूर्वानुमान

दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।राती : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

पौष १९ गते (शनिबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती :
देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- मौसम बदली संगै वर्षा/हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।

प्रकाशित मिति January 3, 2020

प्रतिकृया दिनुहोस