काठमाडौंलाई हिउँदे झरीले चिस्यायो

सूचना दैनिक
शुक्रबार, पुस १८, २०७६

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशभरको मौसम बदली भएको छ। पश्चिम नेपालका केही भाग र काठमाडौं उपत्यकामा पानी परिरहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकासहित मध्य, पुर्व र पश्चिमका अधिकांश स्थानको मौसम पूर्णरूपमा बदली भई अधिकांश स्थानमा वर्षा परिरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बढेको चिसो र वर्षातका कारण जनजीवन प्रभावित भएको छ।

मानसहररू आ-आफ्नो गन्तव्यमा पुग्‍न बिहानैदेखि सडकमा कोही भिज्दै त कोही गाडी कुरेर बसेका देख्‍न सकिन्थ्यो। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ५ डिग्री सेल्सियस मापन भएको छ।