काठमाडौं, १८ पुष । च’ट्याङ लागेर बाँ’केमा एकै परिवारका पाँच जना घा’इते भएका छन् । आज बिहान पौने पाँच बजेतिर च’ट्याङ पर्दा एकै घरका पाँच घा’इते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा च’ट्याङ पर्दा गुरुदिनसहित पाँच घा’इते भएका हुन् । च’ट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घा’इते भएका हुन् ।
च’ट्याङ लागेर घा’इते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । च’ट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत म’रेको प्रहरीले जनाएको छ ।
‘नेपालमा फेरी ८ रेक्टर भन्दा ठूलो भूकम्प जाने सम्भावना, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् ।
जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अ’नु’सन्धा’नले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनु’सन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठू’लो भूकम्प जान सक्ने देखाएको छ ।
‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’
जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको हो ।
भूकम्पको पछिल्ला प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भ्विद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन् । उनले हिमालय क्षेत्रमा ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प जानेमा कुनै शंका नरहेको दाबी गरे ।
गोरखा भूकम्पपछि हिमाली क्षेत्रको भौगर्भिक अध्ययन तथा विगतका भूकम्पहरुको इतिहास अध्ययन गरेका भूगर्भविद् विल्हमले हिमालय क्षेत्रमा ठूलो क्ष’ति पुग्ने गरी भू-कम्प को सम्भावना रहेको बताएका छन् । उनले गोरखा भूकम्पलाई हिमाली क्षेत्रको वि’नाश’कारी भूकम्प नभएको बताएका छन् ।
‘सबैभन्दा बढी वि’ना’श’कारी हुने अनुमान गरिएको भूकम्पबाट चाहिँ १० लाखसम्म मानिसको ज्या’न जा’न सक्छ,’ उनले भने, ‘सरकारले यस्तो वि’पत्तिको रोकथाम गर्न चाँडै नै भवनलाई बलियो बनाउने अभियान नै चलाउनुपर्छ ।’
काठमाडौंको ठूल्ठूला अपार्टमेन्टमा बस्ने डराएका छन् । ०७२ सालकै भूकम्पले ती अपार्टमेन्ट सुरक्षित छैनन् । यदि बुधबारको भन्दा ठूलो स्केलको भूकम्पको धक्का आए काठमाडौंका अधिकांश अपार्टमेन्टको अवस्था ना’जुक हुने देखिन्छ ।
प्रकाशित मिति January 3, 2020