जनकपुरधाम, १८ पुष । छुट्टाछुट्टै स्थानबाट काठमाडाैँका लागि उडेका यति एयरलाइन्सका दुइटा विमान मौसमको खराबीका कारण जनकपुरमा आकस्मिक डाइभर्ट गरिएको छ ।
एउटा विमान नेपालगञ्जबाट काठमाडाैँका लागि उडेको र अर्को तुमलिंगटारबाट काठमाडाैँकै लागि उडेका थिए । मौसम खराबीको कारण जनकपुरमा अवतरण गरिएको जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले न्यूज़ २४ लाई जानकारी दिएका छन् ।
ढकालका अनुसार काठमाडाैँ विमानस्थलको आकाश खुल्ला नभएकोले गर्दा विमान डाइभर्ट गरी जनकपुर पुगेको बताउनुभयाे । उहाँका अनुसार काठमाडाैँ विमानस्थल खुल्दै गएकाले नेपालगञ्जबाट उडेकाे विमान भने केहीबेरमै काठमाडाैँका लागि फेरि उडिसकेकाे छ भने अर्काे पनि उड्ने तयारीमा रहेकाे छ ।
प्रकाशित मिति January 3, 2020