पुष २५ गते चन्द्र ग्र!हण लाग्ने, मिथुन राशिमा प्रभाव

सूचना दैनिक
शनिबार, पुस १९, २०७६

काठमाडौँ । सन् २०२० मा जम्मा ६ वटा ग्र!हण लाग्ने भएका छन्। जसमध्ये ४ चन्द्र ग्र!हण र २ सूर्य ग्र!हण लाग्ने छन्। सन् २०२० को पहिलो ग्रहण जनवरी १० अर्थात पुष २५ गते लाग्ने ज्योतिषले बताएका छन्। पुष २५ गते श्रीस्वस्थानी ब्रत कथाको आरम्भ पनि हुँदैछ। २५ गते पूर्णीमा तिथि परेकाले सोही दिन ग्र@!हण पनि लाग्ने बताइएको छ।

चन्द्र ग्र!हण साँझ करिब पौने १० बजेदेखि सुरु भएर ३ बजे सकिने छ। यो ग्र!हण ४ घण्टा भन्दा बढी समय लामो रहनेछ। यो चन्द्र ग्रहण एसिया, यूरोप, अफ्रिका र अष्ट्रेलिया महाद्धिपबाट पनि देख्न सकिने छ। ज्योतिषका अनुसार ग्रहणको सुतक १२ घण्टा पहिलेदेखि लाग्ने छ। त्यस्तै सन् २०२० मा लाग्ने अन्य ग्र!हण ५ जुन, ५ जुलाइ र ३० नोभेम्बरमा पनि लाग्ने छन्।

यो पटक चन्द्रग्र!हण का क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ। ज्योतिषका अनुसार जुन राशिमा ग्र!हण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्र!हण मा मिथ्न राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन्।