काठमाडौंमा वर्षा सुरु, हिमपातसँगै चिसो थप बढ्ने भन्दै मौसमविद्ले दिए यस्तो चेतावनी

काठमाडौं । उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा वर्षा सुरु भएको छ । देशको मध्य तथा पुर्वी भु–भाग लगायत पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु–भागमा आंसिक बदली रहने मौसम पुर्वानुमान महशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातसँगै हल्का वर्षा पनि भइरहेको छ ।

आज राती देशको मध्य तथा पुर्वी भु–भाग लगायत पश्चिमी पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु–भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको संभावना रहेको छ ।

पौष २० गते (आइतबार)
दिउँसो : देशको पुर्वी भु-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। राती : देशको पश्चिमी भु-भाग लगायत मध्य पहाडी भु-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २१ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति January 4, 2020

प्रतिकृया दिनुहोस