पोखरामा भारी हिमपात, जनजीवन प्रभावित

शुक्रबार बिहानैदेखि पोखरा र आसपासका क्षेत्रमा वर्षा र हिमपात भएपछि बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसो बढेका कारण विद्यार्थी कठ्याङ्ग्रिंदै परीक्षा दिन बाध्य भए भने बजार क्षेत्रका अधिकांश पसल खुल्न सकेनन् । मौसम पूर्वानुमान शाखाका अनुसार पोखरामा शुक्रबार दिनभर ३० मिलिमिटर पानी परेको छ।

पोखरा आसपासका क्षेत्रमा भारी हिउँ परेको छ । कास्कीको सिक्लेस, घान्द्रुक लगायतका ठाउँमा हिउँ परेकाले चिसो बढेको हो । पानी परेको र मौसम नखुलेका कारण पोखरा विमान उडानसमेत प्रभावित भएको छ । शुक्रबार पोखरा आउने र जाने कुनै पनि उडान हुन सकेनन् ।

यो पनि पढ्नुस

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको गाँजा, भाङ्ग, धतुरो, बरफजस्तो चिसो गाईको दूध, श्रीखण्द र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्। तथापी शिवपुराणका अनुसार, भक्तालुहरूले शिवजीको पुजा आरधना गर्दा यी ५ वस्तुहरू कहिल्यै पनि चढाउनुहुँदैन, यदि चढाएमा अनर्थ हुनेछ ।

१. गोलाईँती फूल (केताकी फूल) : एकदिन, विष्णु भगवान र ब्रह्मादेवको बीचमा ‘को बलियो’ भन्ने विषयमा घमासान युद्ध भइरहेको थियो। अनि जब उनीहरूले एकदमै खतरनाक अस्त्र प्रयोग गर्न लागे, तब उनीहरूको बीचमा ज्योतिर्लिङ्ग बनेर शिवजी प्रस्थान गर्नुभयो। त्यसपछि शिवजीले विष्णु र ब्रह्मालाई ज्योतिर्लिङ्गको फेद र टुप्पो पत्ता लगाउन आदेश दिनुभयो। यो फूलको नाम ठाउँअनुसार फरक पर्ने हुन्छ।

मध्यपश्चिमी क्षेत्रतिर यो फूललाई ‘गोलाईँती फूल’ भन्ने गरिन्छ भने तराई क्षेत्रमा यो फूललाई केताकी फूल भन्ने गरिन्छ। विष्णु देवले पनि शिवजीको आदेश मानी फेद खोज्न हिँडे, तर फेला पार्न सकेनन्। टुप्पो खोज्न हिँडेका ब्रह्मदेवले जुक्ती लगाए र गोलाईँती फूललाई आफुसँगै ढाँट्न आदेश दिए। दुवैजना फर्किए र विष्णुले हार स्वीकारे। तर ब्रह्माले ज्योतिर्लिङ्गको टुप्पो फेला पारेको भनी ढाँटे।

प्रकाशित मिति January 4, 2020

प्रतिकृया दिनुहोस