भर्खरै विवाह गरेकी ऋचा शर्मालाई मातृ शोक

काठमाडौ । लुट चलचित्र कि नायिका ऋचा शर्मालाई मातृ शोक परेको छ । केहि समय अघि दिपेक्ष बिक्रम रानासंग विवाह बन्धनमा बाधिएकी उनलाई एक्कासी मातृ शोक परेको हो । नायिका ऋचा शर्माकी ६७ बर्षीया आमा रिना देवी शर्माको गएराती निधन भएको हो । नायिका ऋचा शर्माले संसारमै सवै भन्दा धैरै माया गर्ने आफ्नी आमा गुमाएकी छिन् ।

उनलाई मातृ शोक परेको बारे अनुप भट्टराइले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् अभिनेत्री ऋचा शर्माले संसारमै सवै भन्दा धैरै माया गर्ने आफ्नी ६७ बर्षीया आमा रिना देवी शर्मालाई गए राति गुमाएकी छिन् । उनलाई यो समयमा धैर्य धारण गर्ने शक्ति भगवानले दिउँन भन्ने कामना गर्दछु ।

पछिल्लो समय नायिका ऋचा नेपालको पहिलो कमेडी शो कमेडी च्याम्पियन’ मा ब्यस्त छिन् । उनी कमेडी च्याम्पियनको निर्णायक हुन् ।

प्रकाशित मिति January 4, 2020

प्रतिकृया दिनुहोस