चितवनका विशाल सेढाइ र धादिङका रोशनको अष्ट्रेलियामा निधन !

सूचना दैनिक
शनिबार, पुस १९, २०७६

सिड्नी, अष्ट्रेलियाको सिड्नीमा शुक्रबार दुई नेपाली युवाको निधन भएको छ ।

क्याम्पिंगका लागि स्थानीय बरोअरा नेशनल पार्कमा शुक्रबार राति ७:३० बजे आपतकालीन सेवालाई बोलाइएको थियो । तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए ।

उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ ।अर्कोतर्फ, हराईरहेका दुईजनाको खोजी जारी राखेका उद्धारकर्मीले राति ११:३० बजे मात्र उनीहरुको श-व भेट्न सफल भएका थिए ।

दिउँसोदेखि नै क्याम्पिंगमा गएका उनीहरु साँझ परेपछि पानीमा पौडीका लागि छिरेका थिए । त्यसपछि दलदलमा भासिएका कारण उनीहरु माथि आउन सकेनन् । प्रहरीले दुईजनाको श-व पो-ष्टमार्टमका लागि पठाएको छ ।

मृ-तकका एक आफन्तले दिएको जानकारी अनुसार मृ-त्यु हुनेमा विशाल सेढाई र रोशन छत्कुली छन् । उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाई पेशाले ईन्जिनियर हुन् । अष्ट्रेलियाको पढाई सकाएर एक वर्षदेखि उनी आफ्नो पेशामा कार्यरत थिए ।

हामीले Youtube मा निरन्तर रुपमा भिडियोहरु अपलोड गर्दै आइरहेका छौं । हामी अगाडी बढ्नको लागि तपाइको साथको खाँचो छ । यस च्यानललाई Subscribe गरेर हामीलाई सहयोग गरिदिनुहोस् ।