काठमाडौंबाट जाँदै गरेको बस सडकबाट एक सय मिटर तल खस्यो, थप विवरण आउँन बाँकी

सूचना दैनिक
शनिबार, पुस १९, २०७६

काठमाडौं । रसुवामा भएको सडक दुर्घटनामा आधा दर्जन भन्दा धेरै घाइते भएका छन् । पासाङ ल्हामु राजमार्गको धुन्चे कालिकास्थान सडक खण्डको मूलखर्कमा बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । काठमाडौंबाट सदरमुकाम धुन्चे तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस आज दिउँसो दुर्घटना भएको हो । बसमा ९ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेलाई एम्बुलेन्स मार्फत काठमाडौं ल्याइएको छ । बस सडकबाट एक सय मिटर तल खसेको थियो । यसको कारण लगायत घटनाबारे थप विवरण आएको छैन ।