माैसम : ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै, आजदेखि देशभरकै माैसममा सुधार आउने

काठमाण्डाै – पश्चिमी वायु कमजोर हुँदै गएकाले ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पहाडी क्षेत्रमा शनिबार दिउँसो हल्का पानी परे पनि अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । तराईमा पनि मौसम खुल्दै गएको महाशाखाले जनाएकाे छ ।

आइतबारबाट देशभरकै मौसममा क्रमशः सुधार आउने पौडेलले जानकारी दिनुभयो । मध्य र पूर्वका उच्च हिमाली क्षेत्रमा भने अहिले पनि हल्का हिमपात भैरहेको र अरु क्षेत्रमा हिमपात रोकिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्णरुपमा भने नखुल्ने महाशाखाले जनाएको छ ।
यो पनि समाचार
काठमाडौँ, २० पुस । पर्यटकको शान्तिसुरक्षा, सुविधा तथा सहजीकरणका लागि नेपाल सुरक्षित तथा उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको छ । पाहुनाको सम्मान, सुरक्षा र सत्कार नेपालीको मौलिक संस्कार भएकाले उपयुक्त गन्तव्यस्थल बन्न सफल भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापाक्षेत्रीका अनुसार साँझपख बास बस्न आएका पाहुनालाई भगवान् मान्ने, विदेशी नागरिकप्रति सम्मान गर्ने मौलिक संस्कारका कारण नेपाल पर्यटकका लागि आकर्षक मात्र नभई सुरक्षित गन्तव्य बन्न पुगेको हो । नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भसँगै भ्रमणमा आउने पर्यटकको शान्तिसुरक्षा, सुरक्षा सुविधा तथा सहजीकरणका लागि पर्यटक प्रहरीको जनशक्ति बढाइएको छ ।

प्रहरी उपरीक्षक एसपीको नेतृत्व कमान्डमा ५१ जना पर्यटक प्रहरीको दरबन्दी थप गरिएको हो । यसअघि प्रहरी निरीक्षकको कमान्डमा घुम्ती पर्यटक प्रहरी सेवा सञ्चालन हँुदै आएको थियो । पर्यटक प्रहरीको जनशक्ति बढेसँंगै १६ स्थानमा पर्यटक प्रहरी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना रहेको छ । त्यस्तै एक सय स्थानलाई ‘पर्यटकीय गन्तव्यस्थल’का रूपमा राखिएको छ ।

प्रकाशित मिति January 5, 2020

प्रतिकृया दिनुहोस