होमवर्क नगरेको भन्दै विद्यार्थीलाई यति हदसम्मको या’तना : शिक्षक फरार, विद्यालय बन्द

सूचना दैनिक
आइतवार, पुस २०, २०७६

काठमाडौं । विद्यालय विद्यार्थीहरुका लागि दोस्रो घर हो । तर त्यही घरमा कहिलेकाँही हुने घटनाले घर भन्न अफट्यारो लाग्ने अवस्था ल्याउँछ । यस्तै अहिले बाहिर आएको खबर अनुसार गृहकार्य नगरेको भन्दै रुपन्देहीमा शिक्षकको कु’टाईबाट एक विद्यार्थी ग’म्भीर घाइते भएका छन् । जिल्लाको सम्मरीमाई ‘गाउँपालिका वडा नम्बर ६ मा रहेको ज्ञानदिप बोर्डिङ स्कूलका शिक्षक शैलेन्द्र बरईले विद्यार्थी पि’टेका हुन् ।

कक्षा पाँचमा अध्ययनरत् तौफिक धुनियालाई कुु’टपि’ट गरी गम्भीर घाइते बनाएको जानकारी दिइएको छ । कुुटाइबाट विद्यार्थी धुनियाको बाँया आँखामा ग’म्भीर चो’ट लागेको छ । गएको बुधबार पनि घटना शनिबार मात्रै बाहिर आएको हो । विद्यार्थी कु’टपि’ट गर्ने बरई शिक्षक फरार रहेका छन् । सोही दिनदेखि एक हप्ताका लागि विद्यालय पनि बन्द गरिएको छ ।

गृहकार्य विद्यार्थी धुनियाले गर्न नसकेर विद्यालय जाँदा उनीमाथि कु’टपि’ट गरिएको परिवारले जानकारी दिएको छ । विद्यार्थी धुनियाँको उपचार स्थानीयस्तरमा सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ