नराम्री देखिन्छु भनेर ‘रिजेक्ट’ गरेकी थिइन् ऐश्वर्याले ‘छपाक’ को स्किृप्ट?

सूचना दैनिक
आइतवार, पुस २०, २०७६

पाेखरा २० पुस- लिजअघि दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ का’नूनी झ’मेलामा फसेको छ । एक फिल्ममेकरले दीपिका, मेघना गुलजारसहित ११ जनाविरु’द्ध उ’जुरी हालेका छन् । फिल्म युनिटलाई स्किृप्ट चो’री गरेको आ’रोप लगाइएको छ । उ’जुरीकर्ता राकेश भारतीले फिल्मको प्रोमो हेरेरै ‘छपाक’ आफूले लेखेको स्किृप्टमा आधारित भएको थाहा पाएको बताउँदै आएका छन् ।

उ’जुरीमा राकेशले एसिड आक्रमण पीडितमाथि आफूले फिल्म बनाउन चाहेको खुलाएका छन् । उनले उक्त फिल्मको स्किृप्ट दर्ता पनि गराएका थिए । उनले फिल्मका लागि ऐश्वर्या राय बच्चन, कंगना रनावत, श्रद्धा कपूर, प्रियंका चोपडा र अनुष्का शर्मालाई प्रस्ताव गरेका थिए ।

‘प्रियंका चोपडा फिल्मको स्किृप्ट सुनेपछि यसलाई निर्माण गर्न चाहन्थिन्, तर उनी विदेशमा भएका कारण सम्भव थिएन, प्रियंकापछि मैले यो स्क्रिप्ट अनुष्का शर्मासँग लिएर गएँ, उनीसँग २ वर्षसम्म समय थिएन ।’

मुम्बईमा पत्रकार सम्मेलन गर्दै राकेशले भनेका छन् – ‘प्रियंका चोपडा फिल्मको स्किृप्ट सुनेपछि यसलाई निर्माण गर्न चाहन्थिन्, तर उनी विदेशमा भएका कारण सम्भव थिएन, प्रियंकापछि मैले यो स्क्रिप्ट अनुष्का शर्मासँग लिएर गएँ, उनीसँग २ वर्षसम्म समय थिएन ।’ पछि आफू कंगना रनावतसँग पुगेको र उनलाई स्किृप्ट मन परेको राकेशले बताएका छन् । कंगनाले पनि यो फिल्ममा काम गरिनन् । फिल्मको नाम ‘ब्ल्याक डे’ राखिएको थियो ।

‘कंगनालाई कहानी त मन पर्‍यो तर उनकी बहिनी रंगोलीको जीवनमा पनि मिलेको कारण भावुक हुने ड’रले फिल्ममा काम गरिनन् ।’

कंगनाले काम नगर्नुको कारण खुलाउँदै राकेशले सुनाए, ‘कंगनालाई कहानी त मन पर्‍यो तर उनकी बहिनी रंगोलीको जीवनमा पनि मिलेको कारण भावुक हुने ड’रले फिल्ममा काम गरिनन् ।’ अन्तिममा यो कथा ऐश्वर्या रायलाई पठाइयो । तर, ऐश्वर्याले पनि यो फिल्ममा काम गर्न मानिनन् । कारण थियो, उनी एसिड आ’क्रमणमा परेकी पीडितको भूमिकामा देखिएर पर्दामा नराम्री देखिन चाहँदैनथिन् ।

राकेशले सन् २०१६ मा फक्स स्टार स्टुडियोका अधिकारीलाई सुनाएको बताएका छन् । यो फिल्म एसिड आ’क्रमणमा परेकी लक्ष्मी अग्रवालको कहानीमा आधारित छ । फक्स स्टार स्टुडियोको लगानी रहेको यो फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् भने दीपिकालाई लक्ष्मीको भूमिकामा देख्न सकिनेछ ।