नेपालसँगको सीमामा भारतले जारी गर्‍यो अलर्ट

सूचना दैनिक
आइतवार, पुस २०, २०७६

काठमाडौ। नेपालसंग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा इस्लामिक स्टेटका दुईजना आ तं क वादीहरू प्रवेश गरेको हुनसक्ने भन्दै भारतले अलर्ट जारी गरेको भारतका एक शीर्ष प्रहरी अधिकारीले आइतवार बताएका छन् ।

‘खोजी गरिएका दुई आ तं क वादीहरू अब्दुल समाद र इलियास नेपालको बाटो हुँदै उत्तर प्रदेश प्रवेश गर्न सक्नेछन्,’ आईजी (बस्ती रेन्ज) आशुतोष कुमारले भने ।

उक्त अलर्ट सीमावर्ती क्षेत्र महाराजगञ्ज, कुशीनगर र सिद्धार्थनगर जिल्लाहरूमा जारी गरिएको उनले जानकारी दिए ।

एनडीटीभीबाट