मिटरमा जान नमान्ने ट्याक्सी फेला परे ट्राफिक प्रहरीलाइ तुरुन्त खबर गर्नुहोस ! आज मात्रै २६ जना ट्याक्सी चालकमाथि का’रवाही भयो

सूचना दैनिक
सोमवार, पुस २१, २०७६

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा गरी २६ जना ट्याक्सी चालक का’रवाही गरेको छ । ट्राफिक प्रहरीका अनुसार बिहीबार दिउँसो काठमाडौंका विभिन्न ठाउँमा उनीहरु का’रबाहीमा परेका हुन् ।

यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बि’गार्ने र बि’ग्रेको मिटर समेत समयमा नबनाउने २६ जना ट्याक्सी चालकलाई का’रबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।