चितुवाको आ’क्रम’णबाट तनहुँको आँबुखैरेनीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको रहेका छन् ।
घर नजिक रहेको मामा घरबाट जाने क्रममा बालकलाई चितुवाले आ’क्रम’ण गरेको प्रहरीले जनाएको छ । उनी सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए ।
लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृ’तावस्थामा फे’ला परेको प्रहरीले जनाएको छ । चितुवा आ’क्रम’णबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्या’न गु’माइ’सकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।
प्रकाशित मिति January 7, 2020