एक महिनाकी सुत्केरी पुसको कठ्यांग्रिने चिसोमा भोकभोकै,कसैले गरेन सहयोग

काठमाडौं । कटारी नगरपालिका–५ भुल्केकी यी महिला दोस्रो पटक सुत्केरी भएको एक महिना मात्र पुगेको छ । उनी पुसको यो चिसोमा पनि अर्काको गोठमा एक महिने शिशु र दुई वर्षकी छोरीसँगै बस्दै आएकी छन् ।

उनका श्रीमान् सुस्त मनस्थितिका रहेकाले सुत्केरी महिलाले खानुपर्ने पौष्टिक आहारबाट उनले पाएकी छैनन् । अर्काको गोठमा बस्दै आएकी उनको परिवारको न त जग्गा जमीन छ, न त खाने चामल नै छ ।

काखमा एक महिनाको बच्चा भएकाले कतै ज्याला मजदुरी गरेर छाक टार्ने अवस्थासमेत नभएकाले उनी भोकभोकै रहेको बताइएको छ । पुस महिनाको कठ्यांग्रिने जाडोमा शरीरलाई न्यानो बनाउने न त कपडा नै छ । अहिलेसम्म यो विपन्न परिवारलाई नगरपालिकाले समेत कुनै सहयोग नगरेको बताइएको छ ।

र यो पनि पढ्नुहोस – काठमाडौं : घुँडा दुखेर अस्पताल पुगेकी एक महिलालाई डाक्टरले दिएको औषधिको असरले मिर्गौलामा खराबी देखिएपछि पीडित परिवारले अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ। झापा चारआली नगरपालिका–१३ की सुनम गौतमको मिर्गाैलामा खराबी देखिएपछि पीडित परिवार यतिबेला चिन्ताग्रस्त छ। झापा बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा घुँडाको उपचार गराएकी सुनमको उपचार यतिबेला काठमाडौं मेडिकल कलेजमा भइरहेको छ। ‘अवस्था क्रिटिकल नै छ। मिर्गौलामा असर देखिएको छ,’ सुनमका जेठा छोरा संगमले भने। ३९ वर्षीया सुनमको दायाँ घुँडाछेउ एक्कासी दुख्न थाल्यो। घुँडाको केही भाग सुन्निएपछि उनी उपचारका लागि बी एन्ड सी अस्पताल पुगिन्। बी एन्ड सी अस्पताल पुगेकी सुनमलाई जनरल फिजिसियन डा.लक्ष्मण ठाकुरले मंसीर २७ गते जाँच गरि औषधि प्रेस्क्राइब गरेका थिए।

प्रकाशित मिति January 7, 2020

प्रतिकृया दिनुहोस