इराकीको घरमा काम गर्ने गोरखाकी माया गुरुङ भन्छिन्- सडकमा मान्छे क’राइरहेको देख्छु, ब’म प’ड्किएको आवाज सुनिन्छ

सूचना दैनिक
बिहिबार, पुस २४, २०७६

काठमाडौँ — इराकको राजधानी ब’ग्दादस्थित एक इराकीको घरमा गोरखाकी माया गुरुङ चार वर्षदेखि घरेलु कामदार छिन् । मंगलबार दिउँसो फोन सम्पर्कमा भेटिँदा उनी बच्चालाई खाना खुवाउँदै थिइन् । बच्चा क’राइरहेको सुनिन्थ्यो । ‘यो घरमा ५ जना साना बच्चा छन् । खाना खुवाउनै गा’ह्रो छ,’ उनी भन्दै थिइन्, ‘यिनीहरूलाई खाना खुवाइसकेपछि मालिकमालिक्नीलाई खुवाउनुपर्छ ।’ फोन गरेका बेला उनका ‘मालिकमालिक्नी’ बाहिर निस्किएका थिए । गत शुक्रबारदेखि इराकमा अ’शान्त वातावरण बनेको उनलाई थाहा छ ।

‘छतमा लुगा सुकाउन र नि’काल्न जाँदा सडकमा मान्छे क’राइरहेको देख्छु । सडकमा आगोको मु’स्लो देखिन्छ । बेलाबेला ब’म प’ड्किएको आवाज सु’निन्छ,’ उनले सुनाइन् ।उनलाई मालिक्नीले इरानका ठूलो ने’ता मा’रिएकाले त’नाव ब’ढेको भनेकी छन् । ‘मालिक्नीले घरमा काम गर्दा कुनै ड’र हुँदैन, केही भए नेपाल पठाइदिन्छौं भनेर सम्झाइरहेकी छन्,’ उनले भनिन् ।त्यही घरमा गोरखाकै मनमाया गुरुङ र फिलोपिनो युवती पनि काम गर्छन् । ‘भारत, श्रीलंका, यूएई हुँदै ब’ग्दाद आइपुगेकी हुँ । असल श्रीमान् परिदिएको भए यस्तो देशमा किन आउनुपर्थ्यो ?’ मायाले भनिन्, ‘यहाँ अहिले मासिक ६ सय डलर तलब पाइरहेकी छु ।

काठमाडौंमा छोरीहरूलाई पढाउँदै छु ।’माया इराकी भाषा बोल्छिन् । ‘इराकी टेलिभिजनमा आउने समाचार हेर्दा निकै ड’र लाग्छ । इरान र अमेरिकाबीच ल’डाइँ भए बग्’दादमा क्ष’ति पुग्छ भन्छन्,’ उनले भनिन् । उनलाई यु’द्ध सुरु भइहाले कसलाई गु’हार्ने, कहाँ गएर बस्ने, कसरी नेपाल फिर्ने भन्ने त’नाव छ । मनमायाले भने जे होला देखिएला भन्ने अ’वस्थामा रहेको बताइन् । दुई महिनाअघि मात्रै बि’दामा नेपाल आई फ’र्केकी उनले भनिन्, ‘हामीलाई त सरकारले गैर’कानुनी भन्छ । यहाँ त दूतावास पनि छैन ।’ब’ग्दादमा नेपालीहरू तीन क्षेत्रमा काम गर्छन् ।

ग्रि’न जो’न, रे’ड जो’न र घरभित्र । यी तीनवटा क्षे’त्रमा काम गर्ने नेपालीबीचमा स’मन्वय र भेटघाट दु’र्लभ छ । सरकारी कार्यालय, दूतावास र अमेरिकी सै’न्य क्या’म्पभित्र काम गर्नेहरू बाहिर नि’स्कनै पाउँदैनन् । रे’ड जो’नमा रहेको होटलमा काम गर्नेहरू पनि भित्रै बस्छन् । घरेलु कामदारबीच पनि भेटघाट क’ठिन छ । ‘बाहिर काम गर्ने कोही कोही साथीसँग भेट हुन्छ,’ ९ वर्षदेखि ब’ग्दादमा रहेका जीतमान गुरुङले भने, ‘हामी सं’गठित छैनौं ।’सु’रक्षित मानिएको इराकभित्रको अर्को रा’ज्य कुर्दिस्तानमा भने केही नेपाली सं’गठित छन् ।

‘ब’ग्दाद क्षे’त्रमा कति नेपाली छन्, कुन कम्पनीमा छन् ? सबै अ’नुमान हो । यकिन थाहा छैन । उनीहरू अ’संगठित छन् । दुई–चार जनासँग सम्पर्क हुने हो,’ गै’रआवासीय नेपाली सं’घ इराकका अध्यक्ष लालकाजी गुरुङले कान्तिपुरसित भने, ‘कुर्दिस्तानका अ’र्विल र सु’लेमानी क्षेत्रमा रहेका नेपाली सं’गठित छन् ।’ गुरुङका अनुसार परिस्थिति बि’ग्रिएर उ’द्धार गर्नुपर्‍यो भने निकै ज’टिल छ ।(कान्तिपुर दैनिकबाट)