जब झुप्रोकी बुडीलाई अंगालो हाल्दै राजा बिरेन्द्रले भने ‘आमा म तिम्रो छोरो जस्तै हुँ’

सूचना दैनिक
शुक्रबार, माघ ३, २०७६

काठमाडौं। वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार ह त्याका’ण्डमा मृ त्यु भएको थियो। वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो।

माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए। वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो।

पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि यिनी राजा बनेका थिए।राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो।

पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृ त्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।

तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयु’द्धको नेतृत्वमा, माओवादी वि’द्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो। वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो। आफ्नो पहिलो शटको दुई मिनेटपछि आफ्नो छोरा दीपेन्द्रको हातमा जसलाई नारायणहिटी दरवार ह त्या काण्डको रूपमा चिनिन्छ।

२०५८ जेठ १९ गते राति राजदरबारभित्रै ह त्याका’ण्ड भएको खबर सुनेपछि भोलिपल्ट हजारौँ जनता सडकमा आए। राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्य एकै ठाउँमा मारिएको सो घटना सम्झिँदा आज पनि हामीलाई पीडा हुन्छ।

राजा वीरेन्द्रको ह त्या भएको खबर केही घन्टामै संसारभरि फैलियो । करोडौँ नेपाली स्तब्ध भए । धेरै विदेशीले पनि हार्दिक समवेदना प्रकट गरे । कैँयन् राष्ट्रका राष्ट्राध्यक्ष, राजनेता, सरकार प्रमुख, कूटनीतिज्ञ, विद्वान–विदुषीले गहिरो दुःख व्यक्त गरे।

राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीका हृदयमा उत्तिकै सम्मानित, स्मरणीय र आदरणीय छन् । उनको कार्यकालमा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान र हाभियर पेरेज द कोय्यार, स्वीट्जरल्यान्डका राष्ट्रपति प्रोफेसर आर्नोल्ड कोलर, भारतीय राष्ट्रपतिहरू ज्ञानी जैलसिंह तथा केआर नारायणन्, प्रधानमन्त्री पीभी नरसिंह राव, चीनका प्रधानमन्त्री झु रोङ्जी, मंगोलियाका राष्ट्रपति नात्सागिन बागाबन्दी, श्रीलंकाका राष्ट्रपतिहरू रणसिंघे प्रेमदासा र चन्द्रिका कुमारातुंगा, जर्मन राष्ट्रपति डा. रोमन हेर्जोग र त्यहाँका चान्सलर डा. हेल्मुट कोल मात्र होइन, ब्रिटेनकी महारानी एलिजाबेथ (द्वितीय) बाट समेत नेपाल भ्रमण हुनु कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

राजा वीरेन्द्र भन्थे, ‘जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन।’” यस्तै चीनका राष्ट्रपति लि. स्यान न्यान, फ्रान्सका राष्ट्रपति फ्रास्वा मितेराँ, माल्दिभ्सका राष्ट्रपति मौमून अब्दुल गयुम र युगोस्लाभियाका राष्ट्रपति मार्सल जोेसेफ बज्र टिटोले राजा वीरेन्द्रको निमन्त्रणमा नेपाल भ्रमण गरेका थिए भने राजा वीरेन्द्रले अमेरिका, ब्रिटेन, फ्रान्स, जापान, चीन, भारतलगायतका धेरै राष्ट्रको भ्रमण गरेर नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा राम्ररी परिचित गराए।

कूटनीतिक दृष्टिले साच्चै ‘असंलग्न राष्ट्र’ भएकाले नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास आर्जन गरेको देखिन्छ। सो कालखण्डमा नेपाल राष्ट्रसंघको सुरक्षा परिषद्को सदस्य बन्यो। २०३१ फागुनमा राजा वीरेन्द्रले आफ्नो शुभराज्याभिषेकमा विभिन्न साठी राष्ट्रबाट आएका विशिष्ट पाहुना (राजा, राष्ट्रपति, प्रधानमन्त्री र युवराजहरू) उपस्थित समारोहमा ‘नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस्’ भन्ने प्रस्ताव राखे । त्यसलाई भारतले समर्थन गरेन तर ११६ राष्ट्रले समर्थन गरे । भारतकै दबाबका कारण नेपालका (प्रतिबन्धित) दलहरूले समेत शान्ति क्षेत्र प्रस्तावको विरोध गरे।

२०२८ माघ १७ गते बिहान चितवनमा राजा महेन्द्रको स्वर्गारोहण भयो। सोह्र वर्ष दश महिना राजगद्दी सम्हालेका राजा महेन्द्रले जनताको व्यापक समर्थन, सीमित बजेट र स्रोत साधनको सदुपयोग गर्दै विकासको ढोका खोल्दै गए । राजा महेन्द्रका जेठा छोरा वीरेन्द्रले आफ्ना पिताले सुरु गरेको विकास अभियानलाई अघि बढाउन अहोरात्र मिहिनेत गरे । देशका कुनाकुनाको पैदल भ्रमण गरे । आफ्नै पिताझैँ उनी गरिब किसानका झुप्राझुप्रामा पुगेर वस्तुस्थिति अध्ययन गर्थे । जनताको दुःख बुझ्ने प्रयास गर्थे।

महेन्द्र राजमार्गजस्तै चीन र भारतसमेत जोड्ने चारपाँच वटा उत्तर–दक्षिण राजमार्ग बन्न सकून् भन्ने इच्छा थियो, तर महेन्द्र राजमार्गको कोहलपुर–कञ्चनपुर खण्ड पूरा हुन नै अठार वर्ष ढिलो भयो। भारतको राजनीतिक दबाबका कारण पनि द्रुतगतिमा विकास हुन सकेन।

श्री ५ वीरेन्द्रको शासनकालमा जति प्रगति भयो, त्यसको उचित मूल्यांकन हुन बाँकी नै छ। सरल स्वभावका थिए, राजा वीरेन्द्र। छलकपट नजान्ने र विकासमा लाग्नेहरूलाई प्रेरणा दिने उनको स्वभाव थियो । उनलाई भेटेपछि आलोचकहरू पनि प्रशंसा गर्दै फर्किन्थे । उनको बालसुलभ मुस्कानमा जादु थियो । सधैँ प्रसन्न चित्त देखिन्थे उनी।

गाउँघरतिर जाँदा गाउँलेहरूको सुखदुःख सोध्ने उनको बानी थियो । गाउँलेहरूसँग यदाकदा ठट्टा पनि गर्थे । उनका एकजना सहयोगी सझिन्छन्, पूर्वाञ्चलको भ्रमणमा जाँदा राजा वीरेन्द्रले एकजना गरिब किसानलाई घरभित्रै पसेर सोधेछन्, “घर त सानो छ, कतिजना छन् तिम्रा केटाकेटी?” किसानले हात जोड्दै जवाफ दिए, “सरकार, एघार जना छोरा छन् ।” राजाले ठट्टा गर्दै भने, “लौ एउटा फुटबल टिम घरमै रहेछ । तिमी चाहिँ रेफ्री बन्नू।”

यस्ता अनेक रोचक प्रसंग छन्, उनको जीवनमा । वीरगञ्जमा राजा वीरेन्द्र र महारानी ऐश्वर्य साधारण पोसाकमा रिक्सा चढेर सहर घुमेछन् साँझपख । राजारानीलाई चिन्न गाह्रो थियो, झमक्क साँझमा । रिक्सावालालाई उनले धेरै कुरा सोेधेछन् । उसले भनेछ, “अञ्चलाधीश, सिडिओ, पुलिसको हाकिम, भन्सार हाकिम, मालपोत, भूमिसुधार सबैतिर घुस खान्छ दाइ ।

राजाले जेल हाल्दिए पनि हुन्थ्यो यस्ता मान्छेलाई । राजा आउँदा केके भनेर उनलाई ढाँट्छन् । अरू बेला जनतालाई ठग्छन्।” त्यसपछि भ्र’ष्टाचारबारे छानबिन गराउँदै उनले केही कर्मचारी र प्रशासकहरूलाई कडा निगरानीमा राखेको र कतिपयलाई नसिहत दिएको कुरा वीरगञ्जका पुराना पत्रकार गोपाल गिरीले बताएका थिए।

राजा वीरेन्द्रको जीवन खुला पुस्तक जस्तै थियो । २०४६ सालमा राजनीतिक दलहरूले राजाका अधिकार कटौती गर्दै बहुदलीय व्यवस्था लागू गर्नुपर्ने माग गरेपछि नेपाली कांग्रेस र वामपन्थी नेताहरूलाई बोलाएर उनले छलफल गरे ।

२०४६ चैत २६ गते दलहरूमाथिको प्रतिबन्ध फुकुवा भयो । राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, विकास र स्वतन्त्रताप्रति संवेदनशील थिए, राजा वीरेन्द्र । २०३६ सालमा उनले जनमत संग्रह गराएका थिए । संसारमा सर्वशक्तिमान राजाले जनताको चाहनाको सम्मान गर्दै जनमतसंग्रह गराएका घ’टना विरलै पाइन्छ।

२०२१ सालमा युवराज छँदा वीरेन्द्रले पूर्वाञ्चलका पहाडी जिल्लाहरू भ्रमण गरे । त्यसवेला युवराज वीरेन्द्रले मकै, भटमास, साग, कोदो, फापर आदि गाउँमा जे–जे पाइन्छ, त्यसैमा सन्तोष गरेर सैनिक पोसाकमा भ्रमण गरेको उनका सहयोगीहरू बताउँछन् । “तीन चार जना सिपाही भ्रमण दलमा भए पनि युवराज वीरेन्द्र आफ्नो भारी आफँै बोक्थे” उनीहरू भन्छन्।

राजा वीरेन्द्रका अंगरक्षक रहेका जनरल शान्तकुमार मल्लले भनेका छन्, “महेन्द्र राजमार्ग जस्तै चीन र भारतसमेत जोड्ने चारपाँच वटा उत्तर–दक्षिण राजमार्ग बन्न सकून् भन्ने सरकारको इच्छा थियो, तर महेन्द्र राजमार्गको कोहलपुर–कञ्चनपुर खण्ड पूरा हुन नै अठार वर्ष ढिलो भयो । भारतको राजनीतिक दबाबका कारण पनि द्रुतगतिमा विकास हुन सकेन । तर श्री ५ वीरेन्द्रको शासनकालमा जति प्रगति भयो, त्यसको उचित मूल्यांकन हुन बाँकी नै छ।”

२०१९ सालदेखि २०५८ सालमा शाही पाश्र्ववर्ती (एडीसी) रहेका मल्ल सम्झिन्छन्, “२०२१ सालमा हामी रामेछापको एउटा दुर्गम गाउँमा पुग्यौँ । झमक्क साँझ परेको थियो । एउटी वृद्धाको झुप्रोमा युवराज वीरेन्द्रसहित हामी पिँडीमा बास बस्यौँ । त्यो घरकी बूढी आमाको छोरो भारत–चीन यु’द्धका बेला भारतीय सेनामा गएको रहेछ । घर नआएको तीनचार वर्ष भएको रहेछ ।

(सायद युद्धमा म-यो होला) सैनिक पोसाकमा त्यहाँ पुगेका राजा वीरेन्द्रलाई छामछुम गर्दै आमाले अँगालो हालेर भनिन्, ‘यतिका वर्ष कहाँँ हराएका थियौ, बल्ल आमा सम्झेर आयौ बाबू !’ युवराज वीरेन्द्रबाट हुकुम भयो, ‘आमा, म तिम्रै छोरो जस्तो हुँ … ।’ पदयात्राका क्रममा यस्ता धेरै घ’टना देखिए । जनताको वास्तविक अवस्था बुझ्न सजिलो भयो युवराजलाई।”

राजा वीरेन्द्रको पालामा २०३८ सालमा राष्ट्रिय मूलनीति बनाइयो र २०४२ सालमा संशोधन गर्दै अर्को मूलनीति तयार पारियो । त्यसमा राष्ट्रिय सुरक्षा, गृह, परराष्ट्र, अर्थलगायत विभिन्न विषय समेटिएका छन् । तल्लो निकायलाई आत्भनिर्भर बनाउन विकेन्द्रीकरण ऐन, २०३९ ल्याइयो । जमिनदारका लाखौँ बिगाहा जमिन अनुत्पादक रहने र भूमिहीन किसानले अर्काको खेत जोतेर जीवननिर्वाह गर्नुपर्ने विषमताको अन्त्य गर्दै राजा महेन्द्रले किसानहरूलाई मोहियानी हक दिलाएका थिए ।

झापाको तत्कालीन बुधबारे गाउँ पञ्चायतका नौ जना भूमिहीन किसानले सोही गाउँमा पहिलो पल्ट राजा महेन्द्रबाट मोहियानी हकको प्रमाणपत्र पाएर जग्गाको मालिक बनेका थिए । त्यसरी प्रमाणपत्र पाउनेमध्येका एकजना किसान राधाप्रसाद धिमालले यस पंक्तिकारसँग भनेका थिए, “महेन्द्रजस्तो राजा कहाँ पाउनु ? उनले हामीलाई मोहियानी हक नदिएको भए भिखारी बन्ने थियौँ।”

आमाबाबु र दाजुदिदीबाट सुनेका कतिपय कुराले उनीहरूलाई रोमाञ्चित तुल्याउँदो रहेछ। पंक्तिकारद्वारा सम्पादित ५०३ पृष्ठको वीरेन्द्र स्मृति ग्रन्थ आद्योपान्त अध्ययन गरेका विद्यार्थी रामजी शर्माले भने, “राजा वीरेन्द्रका बारेमा सो ग्रन्थमा कीर्तिनिधि विष्ट, केवी शाही, केशरीराज पाण्डे, यदुनाथ खनाल, केशरजंग रायमाझी, डायमनशमशेर राणा, नयराज पन्त, नयनबहादुर खत्री, जयराज आचार्य, मणिराज उपाध्याय, सत्यमोहन जोशी, मोहमद मोहसिन र क्षेत्रप्रताप अधिकारीलगायतका १६२ जनाका लेख र संस्मरण पढेपछि धेरै कुरा बुझ्न पाएँ । राजा वीरेन्द्र साँच्चै अनुपम रहेछन्।”

मन, वचन र कर्मले स्वच्छ थिए, वीरेन्द्र । राजा भए पनि अभिमान थिएन। फुर्सदका बेला गहन पुस्तक अध्ययन गर्ने र चित्र बनाएर बस्थे उनी । उनकी छोरी श्रुति पनि सिद्धहस्त चित्रकार थिइन्।

असल र सफल कूटनीतिज्ञ र सच्चा राजनेता थिए, वीरेन्द्र। नेपाललाई सदैव स्वाधीन, स्वतन्त्र, सबल र सक्षम बनाएर जनताको मुहार हँसिलो बनाउन चाहन्थे उनी । सिसेरोले भनेका छन्, “जीवनको एक पल पनि कर्तव्यहीन रहँदैन ।” वास्तवमा राजा वीरेन्द्रले पनि जीवनको पलपलको सदुपयोग गरे। सुख सयलमा उनको कुनै रुचि थिए ।

राजा वीरेन्द्रका स्वकीय सचिव तथा शिक्षक रहेका नारायणप्रसाद श्रेष्ठ भन्छन्, “सोफा बिग्रियो भने उनी नयाँ किन्ने होइन, मर्मत गरेर काम चलाउनुपर्छ भन्थे । आफ्नै कोटको रंग खुइँलिदा पनि त्यसलाई उल्टो बनाई मर्मत गरेर लगाएको देख्यौँ, हामीले । जुत्ता फाट्यो भने मर्मत गरेर काम चलाउँथे । राजा भन्थे, ‘जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन।’”

आफूलाई जनवादी, लोकतन्त्रवादी वा गणन्त्रवादी भन्नेहरूले राजा वीरेन्द्रको जीवनशैलीबाट धेरै कुरा सिक्न सक्छन् । प्रजातान्त्रिक मूल्यमान्यता, संस्कार, सभ्यता, शिष्टाचार तथा मानवीय जीवनप्रतिको विशिष्ट दृष्टिकोण राजा वीरेन्द्रको जीवनका हरेक पलमा व्यवहारसमेत देखियो ।

यसबाट राजनीतिक व्यक्तिहरूले मात्र होइन, आफ्नो व्यक्तित्व उठाउन चाहने र राष्ट्रको उत्थानमा समर्पित हुन चाहनेले उनको जीवनबाट धेरै शिक्षा लिन सक्छन्। २००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्र नवाैं महिनामा जन्मेका थिए भने उनको जीवनको अन्तिम दिन जेठ १९ मा पनि अन्त्यमा ‘नौ’ अंक नै आउँछ। त्यस्तै उनको जन्म, विवाह र स्वर्गारोहण शुक्रबार नै भएको थियो । यसलाई पनि एउटा अनौठो संयोग मान्नुपर्छ।