आज आईतबार, आइतबारको दिनमा मुक्तीनाथको दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ २०७६ साल माघ-५ गतेको राशिफल पढ्नुहोस्

सूचना दैनिक
आइतवार, माघ ५, २०७६

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावली पक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसायमा बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नियम संगत काम नगर्नेहरुले राज्यबाट दण्ड तथा जरिवाना तिर्नु पर्नेछ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । औजार तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नु होला समय मध्ययम रहेकोछ । आफन्त तथा अग्रजसँग घरायसि कुरामा मनमुटाब सिर्जना हुनेयोग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कार्य क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । भुमि,बाहन तथा भौतिक बस्तुका प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । नयाँ प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

साप्ताहिक राशिफल : माघ ०५ गते आईतबारदेखी माघ ११ गने शनिबार सम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । सोमबारबाट बिहीबारसम्मको समय मध्ययम रहेकोले सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । विलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ । बुधबारबाट अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ । मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारमा व्यावसायमा प्रतिष्पर्धा आम्दानि बढाउँन सकिनेछ । नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । आईतबार,बुधबार र बिहीबारको समय मध्ययम रहेकोले गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । सोमबारबाट बिहीबारसम्मको समय मध्ययम रहेकोले समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ ख्याला गर्नुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । समाजसेवामा समय खर्चने हरुले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा ईष्टमित्र तथा अग्रज सँग टाडिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा आम्दानि भएपनि बचाउन मुस्किल पर्नेछ । सोमबार र मंगलबारको समय राम्रो रहेकोले थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । आईतबार,बुधबार र बिहीबारको समय मध्ययम रहेकोले सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा विलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । तरपनि यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । शुक्रबार बिहानबाट समय मध्ययम रहेकोले नियम संगत काम नगर्नेहरुले राज्यबाट दण्ड तथा जरिवाना तिर्नु पर्नेछ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । औजार तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नु होला समय मध्ययम रहेकोछ । आफन्त तथा अग्रजसँग घरायसि कुरामा मनमुटाब सिर्जना हुनेयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मंगलबारसम्मको समय मध्यमय रहेकोल भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा विवाद हुने योग रहेकोछ । बुधबारबाट समय राम्रो रहेकोले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।