पाैष ०२, काठमाडौं। भाइको उपचारको लागि खर्च जुटाउन आफैं भोकभोकै बसेर भाइलाई बचाउन प्रयासरत चिनियाँ युवतीले भाइलाई बचाउन त सकिन् तर आफैं कुपोषणका कारण निधन भएको छ । उनको गरिबी र भाइलाई बचाउन गरेको सं’घर्षको कथा संचारमाध्यममा आएपछि उनको सहयोगको लागि विश्वव्यापी रुपमा १ मिलियन युआन (१ करोड ६४ लाख नेपाली रुपैयाँ) संकलन भएको थियो । तर अन्ततः भगवानकाे कृपा नै यस्तै रहेछ ।
तर यो रकमले पनि उनलाई बचाउन सकेन । स्थानीय समाचार साइट दपेपर डट सिएनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार वु हुयान चीनको गुइझोउ प्रान्तको गरिब परिवारमा १९९५ मा जन्मिएकी थिइन् । उनी ४ वर्षकी हुँदा उनकी आमाको मृ’त्यु भएको थियो । वु आफ्ना पिता र भाइँग बसेकी थिइन् । उनका भाइ वु जियाङलोङ मानसिक स्वास्थ्य स’मस्याले ग्र’स्त थिए र उनलाई नियमित रुपमा उपचार गराइरहनु पर्थ्यो ।
परिवारको अधिकांश कमाइ उनको अस्पतालको बिल तिर्दैमा सकिन्थ्यो ।६ वर्षअघि वु १८ वर्षकी हुँदा उनका पिताको पनि मृ’त्यु भयो । त्यसपछि यी दिदी भाइलाई सरकारको तर्फबाट मासिक ३०० युआन (लगभग ५ हजार नेपाली रुपैयाँ) सहयोग प्राप्त हुन्थ्यो । भाइको जिम्मेवारीका बीच वुले पढाइ छाड्नुपर्यो । यही बीचमा उनले एक व्यवसायिक कलेजमा छात्रवृत्तिमा पढ्न पाइन् ।
कलेजले उनलाई ७ हजार युआनको छात्रवृत्ति दिएको थियो । पिताको मृत्यु भएपछि यी दिदीभाइ काका– काकीको संरक्षकत्वमा बस्न थालेका थिए तर उनीहरुको पनि आर्थिक अवथा निकै नाजुक थियो । भाइको उपचरको खर्च धान्नै नसक्ने स्थिति आएपछि अन्ततः वुले राम्रोसँग खानै छाडिन् । उनले एक दिनमा मात्रै २ युआनले काम चलाउँथिन् र खुर्सानीसँग भात खाएर गु’जारा गर्थिन् ।
प्रकाशित मिति January 19, 2020