निकै खुशीको खबर : नेपालमा भर्खरै विश्वकै महँगो पदार्थ युरेनियम फेला पर्यो, १ केजी कै रु. १८ करोड (भिडियो सहित )

सूचना दैनिक
आइतवार, माघ ५, २०७६

अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको मूल्य १८ करोडससम्म रहेको छ ।

हेर्नुहोस् यो भिडियो :
मुस्ताङमा मात्र नभएर मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत युरेनियम रहेको विभागले बताएको छ ।

भाइको उपचारको लागि खर्च जुटाउन आफु भोकभोकै बसेकि २४ बर्षिया दिदीको नै यस्तो दुःखद निधन भएपछि…

पाैष ०२, काठमाडौं। भाइको उपचारको लागि खर्च जुटाउन आफैं भोकभोकै बसेर भाइलाई बचाउन प्रयासरत चिनियाँ युवतीले भाइलाई बचाउन त सकिन् तर आफैं कुपोषणका कारण निधन भएको छ । उनको गरिबी र भाइलाई बचाउन गरेको सं’घर्षको कथा संचारमाध्यममा आएपछि उनको सहयोगको लागि विश्वव्यापी रुपमा १ मिलियन युआन (१ करोड ६४ लाख नेपाली रुपैयाँ) संकलन भएको थियो । तर अन्ततः भगवानकाे कृपा नै यस्तै रहेछ ।

तर यो रकमले पनि उनलाई बचाउन सकेन । स्थानीय समाचार साइट दपेपर डट सिएनलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार वु हुयान चीनको गुइझोउ प्रान्तको गरिब परिवारमा १९९५ मा जन्मिएकी थिइन् । उनी ४ वर्षकी हुँदा उनकी आमाको मृ’त्यु भएको थियो । वु आफ्ना पिता र भाइँग बसेकी थिइन् । उनका भाइ वु जियाङलोङ मानसिक स्वास्थ्य स’मस्याले ग्र’स्त थिए र उनलाई नियमित रुपमा उपचार गराइरहनु पर्थ्यो ।

परिवारको अधिकांश कमाइ उनको अस्पतालको बिल तिर्दैमा सकिन्थ्यो ।६ वर्षअघि वु १८ वर्षकी हुँदा उनका पिताको पनि मृ’त्यु भयो । त्यसपछि यी दिदी भाइलाई सरकारको तर्फबाट मासिक ३०० युआन (लगभग ५ हजार नेपाली रुपैयाँ) सहयोग प्राप्त हुन्थ्यो । भाइको जिम्मेवारीका बीच वुले पढाइ छाड्नुपर्यो । यही बीचमा उनले एक व्यवसायिक कलेजमा छात्रवृत्तिमा पढ्न पाइन् ।

कलेजले उनलाई ७ हजार युआनको छात्रवृत्ति दिएको थियो । पिताको मृत्यु भएपछि यी दिदीभाइ काका– काकीको संरक्षकत्वमा बस्न थालेका थिए तर उनीहरुको पनि आर्थिक अवथा निकै नाजुक थियो । भाइको उपचरको खर्च धान्नै नसक्ने स्थिति आएपछि अन्ततः वुले राम्रोसँग खानै छाडिन् । उनले एक दिनमा मात्रै २ युआनले काम चलाउँथिन् र खुर्सानीसँग भात खाएर गु’जारा गर्थिन् ।