हेटौंडाको क्याम्पाडाँडामा अ’र्धन’ग्न अवस्थामा रोडको छेउमा फेला परिन अजिता !

सूचना दैनिक
आइतवार, माघ ५, २०७६

हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको श व फेला परेको छ । आज बिहान फेला परेको अन्दाजी २४÷२५ वर्षको जस्तो देखिने श व नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी तेस्रोलिङ्गी हुन् । उनको श व बिहान स्थानीयवासीले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेको थियो ।

प्रहरीका अनुसार उनको घाँ टीमा नी लो डा म र ब त्तीको ता र बे रिएको थियो । घटनाको प्रकृति हेर्दा अजिताको ह त्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शरिरको माथिल्लो भागमा मात्रै कपडा रहेको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताए । घटनास्थलमा मकवानपुरका प्रहरीको टोली पुगेको छ । घटनास्थलमा भुजेलका साथीहरु समेत पुगेका छन् । उनीहरुले श व उनको भएको पुष्टि गरेका छन् । अनुसधनका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । उनी लैंगिक अल्पसंख्यकको अधिकारका लागि समेत काम गर्दै आएकी थिईन् ।