अभद्र व्यवहार मुद्दामा आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

अभद्र व्यवहार मुद्दामा आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ५ माघ । गायिका आस्था राउतविरुद्ध प्रहरीले दर्ता गरेकाे अभद्र व्यवहार मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाे छ ।

त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरेकाे थियाे । राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेकाे जनाइएको छ ।

काठमाडौँ प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाे छ ।

अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेकाे एसएसपी सुवेदीले बताए ।

राउतले बुधबार नै सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

गायिका राउत भने भारतमै भएकाे एक स्राेतले जानकारी दिएकाे छ ।

प्रकाशित मिति January 19, 2020

प्रतिकृया दिनुहोस