दुई छोरी र ५० लाख सहित अर्कै युवकसंग भागेकी अनुपा यस्तो अवस्थामा फेलापरिन (भिडियोसहित)

सूचना दैनिक
सोमवार, माघ ६, २०७६

काठमाडौं । वैदेशिक रोजगारीमा गएका युवाहरुले पाएको धोकाका बारेमा अहिले बारम्बार घटना बाहिर आइरहेका छन् । चितवनमा केही दिन यता त’हल्का म’च्चाएको एउटा घटना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना तनहुंमा चर्चा पाएको छ । भानुनगरपालिका ९ बाइसजागरकी अनुपा अधिकारी आफ्ना पतिले दुवईमा कमाएको ५० लाख बढीको सम्पत्ती सहित दुई छोरी लिएर सम्पर्क विहिन भएकी छन् ।

उनले आफ्ना श्रीमानलाई मात्र होइन माइतीलाई समेत धोका दिएको खुलेको छ । श्रीमानलाई त सबै लुटेर गइन् तर माइतीलाई पनि ऋणमा चुर्लम्म डुवाएर उनी सम्पर्क विहिन भएकी छन् । छोरीले यस्तो गलत काम गरेपछि अनुपाको आमा धरधरी रुँदै मिडियामा आएकी छन् ।

छोरी सम्पर्क विहिन भएपछि आमाको सम्पर्कमा छन् भन्ने आरोप लागेपछि उनी रुँदै मिडियामा आएकी हुन् । आफुलाई छोरीको बारेमा केही थाहा नभएको र किन छोरीले यस्तो गरिन् भन्ने सम्म नजानेको उनको भनाई छ । अनुपाको दाईको नाम सुर्य पाण्डेले एउटै धाराको पानी खाने बहिनीले त्यस्तो गरेपछि आफुहरुलाई निकै समस्या भएको बताए । उनले आफुहरुको तर्फवाट लागे पुगेसम्म गरेको भएपनि फेला पार्न नसकेको बताए ।

झण्डै ५० लाख बढीको सम्पत्ती लिएर दुई बच्चा सहित श्रीमती सम्पर्क विहिन भएकी हुन् । तनहुँका नकुल अधिकारीको श्रीमती अनुपा अधिकारी ५० लाख रुपैया बराबरको सम्पत्ती लिएर सम्पर्क विहिन भएकी हुन् । नकुल पनि दुवईमा रहेर वैदेशिक रोजगारीमा थिए । दुई महिना देखि उनको श्रीमती छोराछोरी सहित सम्पर्क विहिन भएपछि उनी पनि रुँदै मिडियामा आएका छन् ।

उनलाई खोजीकार्य गर्दै गर्दा अनुपाको सम्पर्क बिहिन भएको अवस्थामा छिमेकी एकजना महिलासंग कुराकानी हुने गरेको खुलासा भएको छ । आफु परिवारसंग सम्पर्क बिहिन भएपनि छिमेकी एकजना महिलासंग दिनहु फेसबुकमा कुराकानी हुने गरेको ति महिलाले खुलाएकी छन् ।

छिमेकीले तिमीले बिवाह गरेर गएको हो भन्दा अनुपले बिवाह गरेको छैन भन्दै उनले बताएकी छन् । बिवाह गरेको भए म तपाइँलाइ भन्थे नि भन्दै उनले ति महिलालाई बताएकी छन् । उनले कुराकानीकै क्रममा तिमी कुन केटासंग गएको हो भनेर सोध्दा उनले उक्त केटाको फोटो पनि उनलाई पठाएकी छन् । बाँकि उनिसंग के के कुरा हुन्छ तलको भिडियोमा हेर्नुहोला
(भिडियोसहित)