काठको बाकसमा दाजुभाइ, सविनाले आँसु झार्दै भनिन् -‘हामी बिरानाे माटाेमा म’र्नका लागि पैसा तिरेर आएका रहेछौं !

पोर्चुगल, ६ माघ । पोर्चुगलको राजधानी लिस्बनस्थित फुनारियो क्यापोस साउजोसे अस्पताल । अस्पतालको एक कोठामा लस्करै राखिएका काठका बाकस । त्यहाँभित्र भर्भराउँदो अनुहार भएका एकै कोखका दुई दाजुभाइ । हेर्नेकाे मन नै काँप्ने याे दृश्य शब्दमा वर्णन गर्न कसरी सम्भव हाेला र !निधारमा देखिएको चो’ट । ओढाइएको वस्त्रमाथि फूलको थुप्रो । कताकता मस्त निद्रामा सुतिरहेको जस्तै पनि लाग्ने । श्र’द्धाञ्जलीका लागि एक थुंगा फूल लिएर पुगेकाहरु पनि घटनाबारे पटक्कै विश्वास गर्दैनन् ।तर, काठको बाकसमा सुताइएका यी दाजुभाइ अब कहिल्यै नउठ्ने गरी सदाका लागि निदाएका छन् ।

मात्र अब उनीहरुलाई आफ्नै भूमि र परिवारमाझ पठाउनु छ- अश्र श्र’द्धाञ्जलीका लागि ।उनीहरूकाे अ’न्तिम श्र’द्धाञ्जलीमा गैह्र-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले आइतबार एक सभा आयाेजना गरेकाे थियाे ।अ’न्तिम वि’दाइका लागि अस्पताल परिसर पुगेका यहाँस्थित प्रवासी नेपालीहरुकाे आँखा आँसुले भरिएकाे थियाे । सबै नेपाली भावविह्वल बनेका थिए ।‘हामी याे गतिले बिरानाे माटाेमा म’र्नका लागि पैसा तिरेर आएका रहेछौं,’ सविनाले आँसु झार्दै भनिन्, ‘३० हजार नेपाली भएको पोर्चुगलमा ढिलागरी घ’टनाको जानकारी आयो । यो भन्दा नरमाइलो र दुखद् विषय के हुन सक्छ ?’

यता, धादिङ घर भएका चिजकुमार तामाङ पनि घ’टनाबारे बताउँदै गर्दा भावुक भए । उनी यस्ता घटनाप्रति आम नेपाली समुदाय चनाखो हुनुपर्नेमा जोड दिन्छन् ।एकै परिवारका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइबाको गत आइतबार माछा मार्ने क्रममा निधन भएको थियो । उनीहरूले पोर्चुगलमा व्यवसाय शुरु गरेका थिए । केही दिनअघि माछा मार्ने क्रममा पोर्चुगलको कास्काइसको ‘बोका डो इन्फर्नो’ क्षेत्रमा पुगेका दाजुभाइलाई समुन्द्रमा आएको छालले हुत्याएर बगाइलग्याे ।विगतमा धादिङ खनियाबास गाउँपालिका–१ (साविकको सत्यदेवि–७) र हाल बारा जिल्लाको सुन्दरबस्तीमा बसोबास गर्दै आएका वाइबा दाजुभाइको याे अप्रत्याशित नि’धनले पोर्चुगलका नेपाली समुदाय यतिखेर शो’कमा छन् ।

पा’र्थिव शरिरमाथि अ’न्तिम श्र’द्धाञ्जलीका लागि अस्पताल पुगेकी सविना मनाङथेन तामाङ अस्पतालको एक छेउमा बसेर ब’लिन्द्रधारा आँसु खसाल्दै मृ’तक दाजुहरुलाई सम्झिएर भ’क्कानिँदै थिइन् । उनले प्रवासमा आफन्तको नि’धनले स्त’ब्ध बनाएको बताइन् ।माछा मा’र्ने क्रममा सामुन्द्रिक छालले बगाएर दुई दाजुभाइको नि’धन भएको जानकारीमा आएको मावलीतर्फका भाइ कुमार बहादुर तामाङले बताए ।‘कमललाई छालले ब’गाएको र भाइ सुरजले दाइलाई ब’चाउन समुन्द्रमा हा’मफालेको भन्ने जानकारी आएको छ ।प्रत्यक्षदर्शी हामी नभएकोले घ’टनाको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन्,’ उनले भने, ‘हामीले पनि पोर्चुगलस्थित संचारमाध्यमबाट थाहा पाएका हौं ।

माछा मा’र्न गएको स्थान अन्यभन्दा अलि ख’तरा नै रहेछ ।’पोर्चुगलका नागरिक पनि घ’टना भएको क्षेत्रलाई अलि ख’तराको रुपमा हेर्ने गर्दछन् ।रोजगारीको सिलसिलामा युरोप छिरेका उनीहरु केही समय डेनमार्कमा बसेका थिए । डेनमार्क बसाइपछि गत मे महिनामा मात्रै पोर्चुगल आएका वाइबा दाजुभाइले कास्काइसमा एभरेष्ट करी हाउस सञ्चालनमा ल्याएको भाइ कुमार बताउँछन् ।मृ’तकमध्ये कमलका चार र सुरजका तीन छोराछोरी छन् । उनीहरु अहिले काठमाडौंमा बसोबास गर्दै आइरहेका छन् ।मृ’तक दाजुभाइको श’वलाई नेपाल पठाउन तामाङ समुदाय, एनआरएनए पोर्चुगल र अन्य नेपाली समुदाय आर्थिक संकलनमा जु’टेका छन् ।

मृ’तकको श’वलाई नेपाल पठाउने र आर्थिक सहयोग संकलनको जिम्मा एनआरएनए पोर्चुगलले लिएको छ । स्रोतका अनुसार एक/दुई दिनभित्रै शव नेपाल पठाउने तयारी छ ।आठ महिनाअघि मात्रै पोर्चुगल आएका वाइबा दाजुभाइको अस्थायी बसोबासका लागि सबै कागजी पक्रिया पूरा भइसकेको थियो ।स्मरण रहोस्, पोर्चुगलमा २०१० यता विभिन्न कारणबाट ३२ नेपालीको ज्या’न गएको तथ्यांक छ ।

प्रकाशित मिति January 20, 2020

प्रतिकृया दिनुहोस