अत्यन्तै दुखद खबर ,आमालाई खुसी बनाउने सपना बोकेर साउदी गएको छोराको २२ दिनमै मृ’त्यु !

सूचना दैनिक
मङ्लबार, माघ ७, २०७६

पाल्पा : जुनबेला सुखी र खुसी हुने मनभरी सपना बोकेर नरमति जर्घा पूर्वखोला गाउपालिका–४ देविनगरको खुर्सानेडाँडाबाट जिल्लाको सदरमुकाम तानसेन आइपुगिन्। त्यहिबेला देखिनै त्यसको ठीक उल्टो उनको जीवनमा दुःखका दिनहरु सुरुवात भए। सुखभन्दा पनि उनलाई दुखले नै बढी घेर्न थाल्यो। ‘आजभन्दा २३ वर्ष पहिले सुख र खुसीको खोजीमा श्रीमानको साथ लागेर तानसेन बजारमा बस्नेगरी आएकी थिएँ’ ती दिन सम्झिदै उनले भनिन् ‘भाग्यले ठीक उल्टो ल्याइदियो। सुख र खुसी कस्तो हुन्छ भन्ने कुराको अहिलेसम्म महसुस गर्न पाएकी छैन्।’

तीन जना छोराछोरी गाउँबाट नै बोकेर आएकी थिए। तानसेन आएको एक वर्षमा कान्छो छोरा जन्मियो। सुत्केरी अवस्थामा पनि उनले मजदुरी गर्नु परेको थियो। उनको चारजना साना छोराछोरी थिए। ‘श्रीमानको एक्लो कमाइले खान बस्न पुग्दैनथ्यो’ उनले थपिन् ‘काखमा सानो बच्चा च्यापेर सिमेन्ट, बालुवा मुछ्ने र ढुंगा, इट्टा बोक्ने काम गरे।’ श्रीमान र आफुको कमाइले जेनतेन खानबस्न पुगेको थियो। तर केहि वर्षपछि आफुसँगै मजदुरी गर्दै आएका श्रीमानको मृ’त्यु भयो। श्रीमानको मृ’त्युको बेला छोराछोरी पनि साना थिए। अब ती छोराछोरी हुर्काउने सम्पूर्ण जिम्मेवारी नरमतिको काँधमा आयो।

उन लाई झनै दुःखका भारीले च्याप्न थाल्यो । तरपनि एक्लो मजदुरीले छोराछोरीलाई हर्काइन् । दुइ छोरीको विहे भइसकेको छ भने जेठो छोराले बिहे गरिसकेका छन् । उनले आफ्नै परिवार हेर्दै आएका छन्। आफुसँग कान्छो छोरा बस्दै आएको नरमतिले बताइन् ।पछिल्लो समयमा दुःखबाट मुक्त हुने आशामा रहेकी उनलाई अर्को ब’ज्रपात निम्तिएको छ। आजभन्दा १० वर्ष पहिले ५५ वर्षीय श्रीमान् गुमाएकी ६० वर्षीय नरमतिलाई अहिले कान्छो छोरा गु’माउनु परेको अर्को पीडा थपिएको छ। ठूलो संघर्षले छोराछोरी हुर्किएर दुःख भुल्न थालेकी उनलाई कान्छो छोराको मृ’त्युले संसारनै अँध्यारोजस्तो लागेको छ।

साहरा दिने कान्छो छोरा मोहनको मृत्युले उनी भा’वविह्वल बनेकी छन्। गएको पुस १ गते कान्छो छोरा मोहन वैदेशिक रोजगारको लागि साउदी अरबतिर लागेका थिए भने उनका दाई कृष्णबहादुर जर्घा अर्को दिन पुस २ गते मलेसियातर्फ उडेका थिए। संयोग दुइ भार्ईको वैदेशिक यात्रा एक दिनको फरकमा भएको थियो। आफु सुखी र आमालाई खुसी बनाउने मनभरी सपना बोकेर साउदी गएका मोहनको सपना सपनामै सिमित हुन पुग्यो। उनले बुनेको सपनाको महल साउदी अरबको खाडीमा ढलेको छ। २२ वर्षीय मोहनको साउदी अरब पुगेको २२ दिनमै मृ’त्यु भएको हो।

ड्युटी सकेर कोठामा फर्कदै गर्दा सवारी दु’र्घटनामा परेर उनको मृत्यु भएको दाजु कृष्णले बताए। साइकलमा आउदै गरेका उनलाई एउटा कारले ठ’क्कर दिएको थियो। साउदीको रियादमा गएको पुस २३ गते मृ’त्यु भएका मोहनको अहिलेसम्म श’व नेपालमा आउन सकिरहेको छैन्। ‘कान्छो छोरा मोहनले विदेश हिड्ने बेलामा भनेको थियो ‘म पैसा कमाएर आउछु र पहिले आमा तिमी बस्ने घर बनाउछु’ दुवै आँखाको गहभरी टिलपिल आँशु लिदै नरमतिले भनिन् गएको एक महिना नपुग्दै मृ’त्यु भएको खबरले म बाँचुलाजस्तो लागेको छैन्। एक्कासी भक्कानिएकी उनी राम्रोसँग बोल्न समेत सकिनन्।

दुई दशकबढी तानसेनमा मजदुरी गर्दै आएकी नरमतिको बस्ने आफ्नै घर छैन्। जब कि घर बनाउनको लागि घडेरी समेत छैन्। उनी अहिलेसम्म भाडाको कोठामा बस्दै आएकी छन्। छोराको मृत्युपछि घरभाडा समेत कसरी तिर्ने भन्ने चिन्तामा छन् उनी। उल्टै साहुको ऋणले थिचिएकी छन्। कान्छो छोरा साउदी अरब जाँदा तीन लाख ऋण लागेको उनले बताइन्। क्याफेमा काम गर्न जान पाउने भएपछि मोहनले काठमाडौंमा बसेर एक महिना कफी बनाउने तालिम लिएका थिए। भाइको मृ’त्युको खबर पाएलगत्तै कृष्ण २७ दिनमा मलेसियाबाट घर फर्किएका छन्।

‘घरमा आमा बे’हाल अवस्थामा हुनुहुन्छ’ उनले भने ‘भाइको श’व छिटो घरमा ल्याउन पाए हुन्थ्यो। आफुले चिनेको ठुला मान्छे कोही नभएकोले भाइको श’व नेपाल कहिले आउने हो? भन्नेमा अन्योलता छाएको कृष्णले बताए। उनी ३६ दिनको छुट्टी लिएर आ’कस्मिक घर आएका हुन्। भा’वविह्वल अवस्थामा रहेकी आमालाई सम्हाल्दानै उनको दिनहरु बितिरहेको छ। भाइको श’व झिकाउने प्रक्रियाबारे उनी अ’नविज्ञ छन्। भाइलाई पठाएको म्यानपावरले दिएको आश्वासनमा आफुहरुले पर्खि रहेको उनले बताए। मोहन काठमाडांैको सिनामंगलस्थित फजल इन्टरनेशनल प्रालिबाट साउदी अरबको रियाद पुगेका थिए।