फेरी एक्कासी आयो निकै खुशीको खबर : दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको उत्खनन् काम यसरी सफलता नजिक (सक्दो शेयर गर्नुहोस्)

सोमबार साँझमात्र एउटा सेस्मिक सर्भेको काम सम्पन्न भएको हो । अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ। बाँकी रहेका सातवटा स्थानमा पनि काम धमाधम भइरहेको छ।

“>हेर्नुहोस् यो भिडियो :

माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपश्चात् मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जानकारी दिएको छ।

अन्वेषणका लागि जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ जस्ता कामहरु सम्पन्न भएपश्चात् महत्वपूर्ण मानिएको ‘सेस्मिक सर्भे’को काम शुरु गरिएको हो।

प्रकाशित मिति January 21, 2020

प्रतिकृया दिनुहोस