कुमार कार्कीको फोटो पहिलो पटक मिडियामा,कुमारको घर पुग्दा श्रीमतीको आशु रोकिएन, रोएरै सकियो अन्तर्वार्ता (भिडियो)

सूचना दैनिक
बुधबार, माघ ८, २०७६

काठमाडौं । कुमार कार्की जसले विदेशवाट आएर अर्काको श्रीमती लिएर हिँडेपछि दुईवटा परिवारको बिचल्ली भएको छ । कुमारको श्रीमतीले बारम्बार सम्झाउँदा पनि कुमारसंग दोस्रो विवाह गरेर गएकी नकुल अधिकारीको श्रीमतीले मानिनन् । आखिर कुमार र अनुपाले नकुल र कुमारको श्रीमतीको घरबार भताभुँग भयो । आफ्ना श्रीमानले अर्का महिला दुई छोरी सहित लिएर हिँडेपछि एउटा छोरा सहित कुमारको श्रीमती चुनमाया कार्की मिडियामा आएकी छन् ।

कुमारको श्रीमती छोराको भविष्यका लागि भन्दै २६ सय रुपैया भाँडा तिरेर विद्यालय पढाएर बसेकी छन् । श्रीमानले अर्काको श्रीमती लिएर हिँडेपछि छोराको फिस तिर्न सकेकी छैनन् । भाडामा बसेको कोठाको भाडा नतिरेको ६ महिना भइसकेको छ । दुई छाक टार्न उनले विद्यालयमा भाँडा माझ्न थालिन् तर त्यसले पनि दुइजनाको पेट पाल्न र छोरा पढाउन सकेकी छैनन् । श्रीमानलाई विदेशद पठाउन लिएको ऋण तिरेर सकिएको छैन । साहुहरु पैसा माग्न उनको ढोकामा आउँछन् । दुई छाक खाने उपाय छैन साहु आएर पैसा माग्दा धरधरी रुनु बाहेक विकल्प छैन ।

कुमार कार्की र चुनमायाको पनि प्रेम विवाह भएको हो । उनीहरुको १३ वर्षका छोरा छन् । अनुपा र कुमारलाई चुनमायाले बारम्बार सम्झाउँदा कुमारले मैले फोनमा कुरा गर्दागर्दै विग्रिए अब सुध्रिन्छु । छोराको जन्मदिन पनि मनाउन नसकेपछि उनले सामाजिक सञ्जालमा फोटो पनि राख्न सकिन् उनले दुखेसो गरिन् । म्यासेन्जरमा उनको फोन नजाने बनाएका थिए । आफ्नै श्रीमान कुमार कार्कीलाई सञ्चै हुनुहुन्छ भनेर सोध्दा मलाई अब देखि फोन नगर भनेर भन्ने गरेका थिए । म्यासेन्जरमा म्यासेज पठाउँदा पनि त्यसको जवाफ राम्रो दिने गरेका थिएनन् । छोराले म्यासेज गर्दा पनि बोल्ने गरेका थिएनन् ।

मलाई अब देखि फोन नगर मेरो काठमाडौंमा कान्छि श्रीमती र दुई छोरी छन् अब म तँ संग बस्दिन अब आएर काठमाडौं नै बस्ने हो । भनेर जवाफ लगाउने गरेका थिए ।

उनले कात्तिकको १४ गते आफुले अनुपालाई लिएर गएको भन्ने कुरा थाहा पाएको बताइन् । छोरा ८ कक्षाा पढ्छन् । अब उनलाई कसरी पढाउने ? आफ्नो र छोराको पेट कसरी पाल्ने ? उनलाई निकै चिन्ता परेको छ । (भिडियो)