Tik-Tok ले पु¥यायो बमैको कोठिमा, Simran Poudel को बास्तविक रहस्य प्रत्यक्ष दर्शिले खोले TikTok Kanda

Tik-Tok ले पु¥यायो बमैको कोठिमा, Simran Poudel को बास्तविक रहस्य प्रत्यक्ष दर्शिले खोले TikTok Kanda

आठ महिनाका छोरा बोकेर क्यानडा पुगे ह्यारी दम्पती

लण्डन, माघ ८ । हालैमात्र शाही उपाधि त्यागेका राजकुमार ह्यारी जीवनको ‘नयाँ अध्याय’ सुरु गर्न क्यानडा पुगेका छन्।राजकुमार ह्यारी पत्नी मेघन र आठ महिनाका छोरा आर्चिसँग पुनर्मिलनका लागि मंगलबार बिहान भान्कोभर आइल्यान्डमा उत्रिएका छन्।

यो वसन्त ऋतुपश्चात उनी पूर्णकालीन शाही सदस्य रहने छैनन्। उनीहरूलाई सम्बोधन गरिने ‘हिज रोयल हाइनेस’ प्रयोग गर्न छोडिने छ भने उनको राजकीय जिम्मेवारी र सैन्य भूमिकासमेत रहने छैन।

राजकुमारले शाही पदवी छोड्ने निर्णय गरेसँगै बेलायती महारानी, राजपरिवारका वरिष्ठ सदस्य तथा ह्यारीका दाजु ड्युक अफ क्याम्ब्रिजसहितको छलफलबाट ह्यारीको निर्णयलाई औपचारिकता दिइएको थियो।

राजकुमार ह्यारी र मेघनले गत अक्टोबरमा आफ्नो निर्णयबारे मिडियामा खुलासा गरेका थिए। राजकुमार ह्यारी मंगलबार बिहान भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा गर्नुभन्दा पहिले भान्कोभर आइल्याण्डमा उत्रिएका थिए। ह्यारी पत्नी मेघन छोरासँगै क्यानडाको वेस्ट कोस्टमा बस्दै आएकी छन्

प्रकाशित मिति January 22, 2020

प्रतिकृया दिनुहोस