तेस्रोलिं’गी अजिता भुजेल ब’लात्कारपछि ह’त्या : घर बनाएर खुशी दिने सपना यसरी चकनाचुर

सूचना दैनिक
बिहिबार, माघ ९, २०७६

काठमाडौ । नेपाली समाज व्यवहारिक रुपमा परिवर्तन हुन अझ धेरै समय लाग्ने देखिएको छ । नेपालमा हेटौंडाकी तेस्रोलिं’गी अजिता भुजेलको ब’लात्कारपछि ह’त्या भएको खुलेको छ । शनिबार हेटौंडा–५ क्याप्पाडाँडामा मृ’त भेटिएकी अजिताको ब’लात्कारपछि ह’त्या भएको तेस्रोलिं’गी अधिकारकर्मी सूरजकिरण थापाले दावी गरेका छन् । लैंगिक अल्पसंख्यक अधिकारका लागि काम गर्दै आएकी भुजेलको श’व वि’भत्स अ’वस्थामा फेला परेको थियो ।

भुजेलको घटना रहस्यमय रहेकाले गहिरो अनुसन्धानका लागि श’वको विस्तृत जाँच गर्न त्रिवि शिक्षण अस्पतालमा राखियो । अधिकारकर्मी थापाका अनुसार भुजेल न’ग्न अवस्थामा भेटिएकोले ब’ला’त्कार भएको हुनसक्ने अस्पतालका चिकित्सकले बताएका छन् । हेटौंडा–११, नवलपुरकी २९ वर्षकी तेस्रोलिं’ली अजिताको श’वको शिक्षण अस्पताल महाराजगन्जमा पो’स्टमा’र्टमपछि नवलपुरमा सोमबार दा’हसं’स्कार गरिएको छ ।

 

पो’स्टमा’र्टममा अजिताको घाँ’टीमा नि’लडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएको अजिताका फुपाजू देवबहादुर थापाले जानकारी दिए । घटनाबारे आवश्यक थप अनुसन्धान जारी रहेको छ । माघ ३ गते बिहान निलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई हेटौंडाबाट अजिता भुजेलले फोनमार्फत आफुले १२ लाख जम्मा गरेर घर बनाउन लागेको जानकारी दिएकी थिइन् । यत्ति पैसाले के घर बन्ला र भन्दै गुरुङ अझ दुईचार वर्ष पैसा जम्मा गर भनेकी थिइन् । त्यही दिन साँझ अजिताले फेरि पिंकीलाई फोन गरिन् । उनले, ‘एउटाले १० लाख ऋण मागेको छ, कागज गर्छु भनेको छ।

 

दिऊँ ? ’ भनेकी थिइन् । सल्लाहमा गुरुङले ऋण लग्नेको भर हुन्न । नदेउ, आफैंसँग राख भन्दै प्रेमपूर्वक सल्लाह दिइन् । माघ ४ गते बिहानै पिंकीको मोबाइल बज्यो । ‘अजिताको ला’श भेटियो, तुरुन्त हेटौंडा आउनुपर्‍यो ।’ भन्ने जानकारी आयो । अजिताको हजुरबुबा र हजुरआमालाई घर बनाएर राख्ने सपना थियो । हेटौंडाको क्याम्पाडाँडा सडक छेउमा अजिताको ला’श भेटिएको थियो । शरीर नां’ङ्गै’, गु’दद्वा’र ठूलो देखिन्थ्यो । विशेष टोली बनाएर अजिताको ह’त्या’राको खोजी भइरहेको प्रहरीको भनाई छ ।

 

तर अपराधीको पहिचान भएको छैन’ । सोधपुछका लागि केही व्यक्ति समातिए पनि प्रहरीले थप जानकारी दिएको छैन । पिंकीका अनुसार केही समयदेखि अजिता ‘पा’र्टनर’ सँग बस्दै आएकी थिइन् । घटनापछि उक्त केटा फरार छन् । शुक्रबार राति अजिता दुई पु’रुषसँग होटलबाट निस्किएको सिसीटिभी फुटेज फेला परेको छ । प्रहरीले त्यो रात होटलमा बस्ने ग्राहकलाई ‘ट्रयाक’ गरिरहेको छ । अजिता २९ वर्षकी थिइन् । उनले पु’रुषबाट महिलाका रुपमा आफूलाई स्वीकारेको ७ वर्ष भयो । जन्मिएको वर्ष दिन नबित्दै बुबा बिते, लगत्तै आमा पनि बितिन् । आडभरोसा उनै हजुरबुबाआमाको ।

 

पढ्न पाइनन्, तेस्रोलिं’गी भएपछि जागिर पाउन उस्तै मुस्किल । आफू पालिनुपर्ने, उमेर घर्किसकेका अभिभावकको हेरचाह गर्नैपर्ने । पिंकी भन्छिन्, ‘बाध्यताले अजिता यौ’नक’र्मी बनेकी थिइन् ।’ उनी दुहली बनेर कसैको घरमा भित्रने चाहाना राख्थिन । बाँचुञ्जेल त्यो पूरा सम्भावना अजिताले पनि देखेकी थिइनन्, त्यसैले पिंकीलाई म म’रेपछि बेहुलीझैँ सजाएर घाटमा लैजानु भन्थिन् । गुरुङका अनुसार बाँचुन्जेल मात्र होइन, म’रेपछि पनि समाजले अजितामाथि वि’भेद गरिरह्यो । या’तना’पछि त्यति द’र्दनाक शैलीमा उनको ह’त्या भयो तर ह’त्यारा खोज्न सामाजिक दबाब करिब शून्य छ ।