आरजु भट्टराईको लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा यसरी भयो नि धन

सूचना दैनिक
बिहिबार, माघ ९, २०७६

इटहरीको नमुना कलेज पढ्दै आएकि आरजु भट्टराईको निधन भएको छ । २० बर्सिय आरजुको निधन भएको उनका आफन्तहरुले बताएका छन । इटहरी नमुना कलेज बिएस डब्लु तेस्रो वर्षमा अध्यानरत उनको निमोनिया भएर निधन भएको परिवारले जनाएको छ। नमुना कलेजले १ दिन नमुना कलेजले शोकमा सम्पुर्ण पठन पाठन बन्द गरेको थियो । आरजुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो ।

के हो निमोनिया ?

नेपालमा बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएतापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ। जाडोमा निकैसावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ । किटाणुबाहेक अरु चिजले पनि गर्छ । जस्तो एउटा निमोनियालाई केमिकल निमोनिया भनिन्छ त्यो चाहिँ विष, मट्टितेल जस्ता पदार्थहरुले गराउन सक्छ । तर मुख्य निमोनिया गराउने चाहिँ किटाणु नै हुन्।

भरतपुर अस्पतालमा कार्यरत नेपाल पेडियाट्रिक सोसोइटीका उपाध्यक्ष डा. युवनिधि बसौलाका अनुसार निमोनिया धेरै प्रकारको हुन्छ। कसैले जन्मजात पनि निमोनिया लिएर आएका हुन्छन्। भर्खरै जन्मेको बच्चाको ६० भन्दा बढी श्वासदर छ भने निमोनिया भएको भनिन्छ। अनि दुई महिनासम्मको ५० श्वासदर छ र दुईमहिना भन्दा माथिको बच्चाको ४० भन्दा बढी श्वासदर भयो भने निमोनिमया भएको हो । त्यसैले फोक्सोको एक भागमा पनि यसले संक्रमण गर्न सक्छ भने धेरै ठाउँमा फैलिन पनि सक्छ। केमिकल निमोनिया पनि हुन्छ। नेपालमा सरदर एउटा बच्चालाई वर्षमा ४–५ चोटी निमोनिया भएको मानिन्छ।

कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राई नेपालमा बाल मृत्यदुरलाई गणना गर्ने हो भने निमोनिया एक नम्बरमा पर्ने बताउँछन्। त्यसपछि झाडापखाला र कुपोषण पर्छ। पाँच वर्षका मुनिका बच्चालाई त्यसमाथि दुई वर्ष मुनिका बच्चाहरुलाई यो बढी हुने गरेको पाइएको छ। निमोनिया रोग जनस्वास्थ्य सम्बन्धी एकदम संवदनशील विषय हो।

उनी भन्छन्, ‘निमोनियाबाट बच्न नसकिने होइन। रुघाखोकी त संसारको जुनसुकै कुनामा पनि लाग्छ । तर रुघाखोकी लागेपनि विकसित देशमा निमोनिया हुने सम्भावना कम हुन्छ। किनकी उनीहरुको पोषणको अवस्था राम्रो छ। सबै बच्चाहरुले खोप लिएका हुन्छन्। वातावरण राम्रो छ। रोगसँग लड्न सक्ने क्षमता राम्रो हुन्छ। त्यसैल बाल मृत्युदर विदेशमा कम हुन्छ।’ तर नेपाल जस्तो देशमा रुघाखोकी बिग्रेर निमोनिया लाग्ने सम्भावना बढी हुने उनको अनुभव छ। नेपाली बच्चाहरु कुपोषित हुन्छन्। रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । उनीहरुले सबै खोप पनि पाउँदैनन् । सरकारले दिइराखेको खोपले पनि निमोनिया रोक्ने काम गर्छ । बच्चालाई चिसोबाट जोगाउने, न्यानो पारेर राख्ने गर्नुपर्छ। त्यसैगरी धुला धुँवाबाट बचाउनुपर्छ।