पिठ्युँमा जनावरको सिङ उम्रिएको ठानेर अस्पताल पुगे, डाक्टरले गरे डरलाग्दो खुलासा

काठमाडौं। बेलायतमा एक व्यक्तिको पिठ्युँमा उम्रिएको एउटा गाँठोलाई बेवास्ता गर्दा यसको निकै डरलाग्दो नतिजा आएको छ । उनको पिठ्युँमा ३ वर्षअघि यो गाँठो उम्रिएको थियो । उनले बेवास्ता गरेपछि विगत ३ वर्षको अवधिमा यो गाँठो बढेर जनावरको सिङजस्तै बन्यो । ५० वर्षका यी व्यक्तिलाई जब यो सिङका कारण ठूलो समस्या भयो त्यसपछि उनी अस्पताल पुगे । अस्पतालमा उनको यो सिङ देखेर डाक्टर पनि चकित परे ।

खासमा उनले जुन चीजलाई जनावरको जस्तै सिङ उम्रिएको ठानेका थिए यो क्यान्सरका कारण उम्रिएको थियो । यो सिङको लम्बाइ ५.५ इन्च र मोटाइ २.३ इन्च थियो । बेलायतको चेस्टर अस्पतालका डाक्टर अगाटा मार्टा प्लोनज्याकले यो क्यान्सरलाई निकै दुर्लभ बताए । जाँचमा थाहा भएअनुसार यो सिङ त्यही प्रोटिनबाट बनेको थियो जुन प्रोटिनबाट कपाल, नङ र छाला बन्छ । बेलायती मिडिया द सनका अनुसार डाक्टरहरुले यसलाई छालाको बाहिरी कोषिकाको क्यान्सर भनेका छन् ।

डाक्टरहरुका अनुसार अहिले छालाको क्यान्सरका विषयमा फैलाइएको जागरुकता र स्वास्थ्य हेरचाहका उपायहरुका बावजुद यस किसिमका रोगहरु अझै पनि उत्पन्न हुने देखिएको छ । डाक्टरलाई यो कुरामा आश्चर्य पनि भयो कि पीडित व्यक्तिको क्यान्सर उनको शरीरको अन्य हिस्सामा फैलिएको थिएन । शायद यही कारण उनले यसको उपचार पनि गराएनन् । डाक्टरले अपरेशन गरेर उनको सिङ हटाइदिएका छन् र अहिले उनले आराम गरिरहेको बताइएको छ ।

प्रकाशित मिति January 23, 2020

प्रतिकृया दिनुहोस