धादिङ दुर्घ’टना: २ छोरी टुहुरा बने, जापान जाने सपना अधुरै रह्यो

सूचना दैनिक
शुक्रबार, माघ १०, २०७६

तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भू’कम्पले भत्का’एको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा ५ वर्ष बसेर कमाएको पैसाले सदरमुकामको सिमलगैरीमा २७ लाखमा घडेरी जोडेका थिए । ७ वर्षअघि मधुवनकी मनिषासँग बिहे गरेका विदुरका २ छोरी छन् । दुइ छोरी यतिबेला टुहुरा बनेका छन् । उनी घरको जग हालेर पुन: जापान जाने तरखरमा थिए । उनको जापान जाने सपना अधुरै रहेको छ ।

सदरमुकाम धादिङबेंसीको सिरानमा पर्ने सदरमुकामको खानेपानीको मुहान स्रोत रहेको उक्त गुरुङ समुदायका ८० घरधुरी यतिबेला शो’कमग्न

ज्वालामुखी–४ स्थित ढोलामण्डली माईको थानमा मंगलबार पूजा गरी फर्केको ट्रक दुर्घ’टनामा उनको मृ’त्यु भयो । उनी स्थानीय ढोलामण्डली देवीमा भा’कलअनुसार पाठी ब’लि दिन गाउँलेसहित त्यहाँ गएका थिए । स’शस्त्र प्रहरीमा कार्यरत माइला दाजु भीमसेनसँगै सगोलमा रहेका विदुरको फेरि जापान जाने धोको अधुरै रह्यो ।

एकै बस्तीका ७ जनाले दुर्घट’नामा ज्या’न गु’माएपछि नीलकण्ठ नगरपालिका–२ भुलभुले शो’कमा छ । सदरमुकाम धादिङबेंसीको सिरानमा पर्ने सदरमुकामको खानेपानीको मुहान स्रोत रहेको उक्त गुरुङ समुदायका ८० घरधुरी यतिबेला शो’कमग्न छन् । बस्तीका सबै मंगलबारदेखि नै अस्पताल हातामा छन् ।