चीनले कोरोना भाइरस संक्रमितको उपचार गर्न १० दिनमै नयाँ अस्पताल बनाउदै !

सूचना दैनिक
शुक्रबार, माघ १०, २०७६

बेइजिङ । चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि नयाँ अस्पताल बनाउने तयारी भएको छ।चीनले १० दिनमा कोरोना भाइरस संक्रमितलाई उपचारका लागि उक्त अस्पताल बनाउन लागेको जनाइएको छ। वुहानको केन्द्रमा बन्‍ने उक्त अस्पतालामा फेब्रुअरी ३ दिनदेखि उपचार थालिने गरी अस्पताल बनाउन लागिएको चिनियाँ सञ्‍चारमाध्यमहले जनाएका छन् । चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ भने सयौं बिरामी छन् । उक्त भाइरस अन्य क्षेत्रमा फैलिन नदिन आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।

उक्त नयाँ अस्पताल निर्माणका लागि दर्जनौं डोजर तथा स्काभेटर काममा खटिएका तस्बिरह सार्वजनिक भएका छन् । अस्पताल एक सय शय्याको हुने र २५ सय वर्गमिटरको क्षेत्रफलमा बन्‍ने भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त नयाँ अस्पतालमा बिरामीलाई पर्याप्त उपचार र औषधिको व्यवस्था गरिने लक्ष्य रहेको छ । सन् २००३ मा बेइजिङमा सार्स भाइरसको संक्रमण फैलिँदा ३४९ जनाको चीनमा र २९९ जनाको हङकङमा मृत्यु भएको थियो । उक्त समयमा पनि चीनले बेइजिङ आसपासका क्षेत्रमा तत्काल अस्पतालहरु बनाएको थियो । – टाइम्स अफ इण्डिया