जन्म दिने आमाले बिरामी छोरीलाई घरबाट निकालेपछि उद्धार गर्ने सबैको आखामा आशु ! छोरी रुदै अस्पतालमा (हेर्नुस् भिडियो)

सूचना दैनिक
शनिबार, माघ ११, २०७६

काठमान्डू,
आमाको बारेमा जति प्रशंसा गरेपनि कम नै हुन्छ । बरु शब्द कम पर्ला तर आमाको बखान र गुनगान गएर कहिल्यै सकिन्न । छोरा-छोरीको माया सबैभन्दा बढी आमालाई नै हुन्छ । आफ्ना छोरा छोरीको खुशीका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुन्छिन्–आमा । तर, यति हुँदा हुदै पनि ९ महिना गर्भमा राखेर हुर्काएकी आमाले एउटा सन्तानलाई तिरस्कार गरेको भनेर सुन्दा पनि भाव बिभोर भइन्छ ।

एउटी छोरी जो आपंग छिन्, कपडा सिलाएर जिबिको पार्जन गरेर आफ्नै आमाको घरमा बस्छिन् तर बिडम्बना; आफ्नै आमालाई भाडा तिरेर बस्नु परेको छ । अहिले बिरामी र असक्त छोरीलाई घरबाट निकालेकी छिन् । ”जे जस्तो भएपनि आफुलाई जन्म दिने आमा हुन्, मेरी आमालाई सधै राम्रो होस्” भन्दै छोरी रोईन् । आमा पनि यतिसम्म कठोर र निर्दयी हुन सक्दा रहेछन भन्ने गतिलो उदाहरण हो यो ।

यहि बिषयको बारेमा अभियन्ता बिनय जंग बस्नेत र पवित्रा लामाले यो मार्मिक घटनाको बारेमा बोलेका छन् । रुँदै अस्पतालमा गएकी छोरीलाई जन्म दिने आमाले बिरामी छोरीलाई घरबाट निकालेपछि उद्धार गरेका बस्नेत र लामाको आँखामा रोकिएनन् । बाँकी भिडियोमा