आफुलाइ गाडी किन्न छुट्याएको पैसाले जनतालाई एम्बुलेन्स किन्ने उपमेयर !

सूचना दैनिक
आइतवार, माघ १२, २०७६

काठमाडौँ / दक्षिणकाली नगरपालिकाको उपप्रमुखले सुविधामा पाएको गाडी नलिने निर्णय लिएकी छन् । जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलव, भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मुख भइरहेको अवस्थामा दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ती डंगोल तामाङ्गले तेस्रो नगर सभाले उपप्रमुखको सुविधाको लागी पारित गरेको ३० लाख बराबरको गाडी लिन अस्वीकार गरेकी हुन् ।

०७५/०७६ का लागी बसेको तेस्रो नगर सभामा पारित भएको उक्त रकम उपप्रमुख तामाङ्गले आफ्नो सुविधा भन्दा नगरभित्रको विकासका लागी बजेट आवश्यक रहेको बताइन् । तामाङ्गले उक्त बजेटबाट २५ लाख प्राविधिक शिक्षाको लागी कामधेनु मा.विलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न र एम्बुलेन्स खरिदका लागी पाखाचोक सप्ताह मूल समारोह समिति र सोचन्द भैरव युवा क्लवको संयुक्त आयोजनामा संचालन गरीएको सप्ताहबाट संकलित रकममा ५ लाख थप गरी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा गरेकी छन् ।

आजको युग आधुनिक शिक्षाको युग भएको बताउँदै नगरभित्रका सबै नागरिकमा शिक्षाको पहुँच पुगोस भन्ने आफ्नो योजना रहेको बताइन् ।

– साभार

पनि पढनुहोस – धेरै बाँच्न यसो गर्नुहोस्

बीबीसी– व्यस्त जीवनशैली एवं दैनिक व्यायममा ध्यान नदिदाँ स्वास्थ्यमा नकारात्कम असर पर्ने चिकित्सकले बताउँदै आएका थिए। हाल मानिसहरु लामो समयसम्म एउटै कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमा हुने मृत्युदरको दर बढेको छ। तर हालै बेलायतको दि ल्यान्डसेट जर्नलले सार्वजनिक गरेको एक अध्ययनले दैनिक एक घण्टा तिब्र गतिको व्यायम गर्नाले कम उमेरको मृत्युको जोखिम घटाउने जनाएको छ ।करिब १० लाख जना सहभागी उक्त अध्ययनले धेरै समय एउटै कुर्सीमा बसेर टिभी हेर्ने मानिसमा कम उमेरको मृत्युको दर उच्च हुने खतरा रहेको औंल्याएको छ।

अध्ययनका अनुसार टिभी हेर्दा प्राय युवा स्न्याक्स खाँदै बस्द छन्। यसका कारण धेरै निश्क्रिय भइने भएकाले मुटु रोग , चिनी रोग तथा क्यान्सरको जोखिम बढ्ने देखिन्छ।शारीरिक निश्क्रियताका कारण विश्वमा प्रत्येक वर्ष ५३ लाख मानिसको मृत्यु हुने अध्ययनले देखाएको छ। अध्ययनले दैनिक व्यायम नगर्ने मानिसले विश्व अर्थतन्त्रमा प्रत्येक वर्ष ६७ लाख डलर भन्दा बढिको भार थपिएको निश्कर्ष निकालेको छ।