घरमा श्रीमती हुँदाहुँदै सन्तोष परियारको श्रीमती लिएर हिड्यो भन्ने खबर थाहा पाएपछि, सुरेश परियारका बुवाआमा रुँदैरुँदै बोल्नै सकेनन् (भिडियो हेर्नुहोस)

सूचना दैनिक
आइतवार, माघ १२, २०७६

चितवनवाट अर्काको श्रीमती लिएर हिडेका सुरेसका आमाबुवा मिडियामा आएका छन् । विदेशवाट नेपाल आएर परिवारका सदस्यलाई पनि खबर नगरी अर्काको श्रीमती लिएर वेपत्ता भएपछि सुरेशका बृद्ध आमाबुवाको आँखा ओभाएका छैनन् । विदेशमा पैसा कमाएर आफ्नो दुखको दिन सकिएला भनेर बसेका बृद्ध आमाबुवा अहिले चिन्तामा छन् । हर्कवहादुर परियार र उनकी श्रीमतीको दिन अहिले पीडामा बितेको छ । आफ्ना सन्तानले बाटो बिराउँदा बृद्ध आमाबुवाको मन रोएको छ ।

चितवनका सन्तोषको श्रीमती प्रमिलालाई लिएर हिडेका सुरेश अहिले कारागारमा छन् । सन्तोषले उजुरी दिएपछि सन्तोष र प्रमिला अहिले कारागारमा पुगेका हुन् । उनका बुवाआमाले छोरा विदेशवाट नेपाल आएको समेत थाहा पाएका थिएनन् । छोरा नेपाल आएको थाहा पाएको भए आफुले सम्झाउने थिए बुवाले भने ।शुरेसका बुवा अपागं छन् उनका पनि दुई छोराछोरी छन् । डेढ वर्ष यता परिवारका सदस्यलाई पैसा पठाउन छोडेका उनले यस्तो गर्लान भन्ने समेत सोचेका थिएनन् ।

फोनमा राम्रै कुरागर्ने गरेको आमाले बताइन् । पहिला पैसा पठाइरहन्थ्यो पछि अब उनीहरुले आफै घर बनाउन थालेपछि आमाबुवाले अब हामिलाई पैसा पठाउन पर्दैन आफ्नो ब्यवहार मिलाउन घर बनाउ भनेर भन्ने गरेको आमाले बताइन् । करिब डेढ वर्ष अघि देखि भने आमाबुवालाई पनि फोन पनि गर्न छोडे पछि आमाबुवाले छोरालाई पो केही भयो की भन्ने चिन्ता लागेको बताइन् ।

छोरा नेपाल आएर यस्तो गर्छ होला भन्ने शंका नै नलागेको बताइन् । छोरा नेपाल आएको ७ दिन भइसकेपछि आफुहरुले थाहा पाएको बताइन् । ७ दिन हुँदा पनि छोरा घर नआएपछि विदेशवाट पैसा लिएर आएको छोरालाई केही भयो की भन्ने चिन्ता लागेको बताइन् । तर पछि भिडियोमा सन्तोषको श्रीमती लिएर हिडेको थाहापाए पछि आफुहरुको मन निकै रोएको बताइन् ।(भिडियो हेर्नुहोस)