२ वर्षकी छोरीलाई ब्लड क्या*न्सर, बाबु–आमा रुँदै मिडियामा || सहयोगको लागी अपिल

सूचना दैनिक
आइतवार, माघ १२, २०७६

चित्रबहादुर श्रेष्ठ र चित्रबहादुरकी श्रीमती सविता श्रेष्ठको काखमा खेल्दै गरेकी छोरी सायरालाई ब्लड क्यान्सर भएको छ । अकल्पनिय मेडिकल रिपोर्ट सुनाएका डाक्टर कतिबेला कता गए चित्रबहादुर र सविताले पत्तो पाएनन् । मनको पीडा भुलाउन उनीहरु एकान्तमा गए अनि मन खोलेर रोए । पछि आफ्ना आफन्त आए । सान्तवना दिन थाले । चित्रबहादुर र सविताले पनि मन दरो पारे ।

साढे २ बर्षकी छोरीको बल्ल बोली फुटेको थियो । उनी बिद्यालय जान थालेकी थिइन् । दुबै जनाले मजदुरी गर्न पर्ने भएकाले सायरालाई मन्टेश्वरी पठाउन थालेको चित्रबहादुरले बताए । अहिले एक महिना भइसक्यो । अस्पतालकै बास छ । चित्रबहादुर र सविता छोरीको मुख हेर्छन । दुबैको वाक्य फुट्दैन । जम्मा साढे २ बर्षकी सायरालाई के थाहा आफुलाई ब्लड क्यान्सर भएको । उनि तमासले खेलीरहन्छिन् । सायरा सेतो कपडा लगाएका मान्छेसँग भने डराउँछिन् । अस्पतालमा नर्सले बारम्बार सुई लगाएर दुखाउने हुँदा सेतो कपडा लगाएका मान्छे उनलाई मन पर्दैन ।

चित्रबहादुरको स्थायी घर दोलखा हो । अहिले उनको परिवार काठमाण्डौमै बस्दै आएको छ । उनि सुरक्षा गार्डको काम गर्छन् । सायरामाथी उनका एक छोरा र एक छोरी छन् । सविताले पनि काठमाण्डौंमै घरेलु काम गर्छिन् । तर सायरा बिमार परेपछि दुबैले काम गर्न पाएका छैनन् । दिनरात नभनी कमाएर बचत गरेको पैसा पनि महिनादिन सम्म सायराको उपचार गर्दैैमा सकियो । डाक्टरले उपचारको लागि लाखौं खर्च लाग्ने भएकाले देश विदेशबाट सहयोग उठाउन भनेका छन् । त्यसैले उनले सबैसँग हात जोडेर अनुरोध गरेका छन् ।छोरीको उपचारको लागि सहयोग संकलन गर्न भन्दै चित्रबहादुरले आफ्नै नाममा काठमाण्डौमा रहेको माचापुच्छ्रे बैंकमा खाता खोलेका छन । तपाइँहरुले ३१३६५२४२३८८८९०१६ नम्वरको खातामा सहयोग गर्न सक्नुहुनेछ । हेर्नुहोस भिडियो :