के हो कोरोना भाइरस ? उच्च जोखिममा नेपाल, यस्ता छन् बच्ने उपाय (भिडियो)

सूचना दैनिक
आइतवार, माघ १२, २०७६

चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ ।तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल समेत भएको थियाे ।

शंकास्पद ‘नोबेल कोरोना भाइरस’ का बिरामीको रगत र र्‍यालको नमुना विशेष परीक्षणका लागि विदेश पठाइने भएको छ । चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो ।
हेरौ यसै सन्दर्भमा सुनौलो नेपालका लागि महेश शर्माले ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्यरत फिजिसियन डाक्टर परशुराम घिमिरेसंग गरेको कुराकानी

अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको थियो। उनी चीनको ‘वुहान’ बाट छुट्टीमा नेपाल फर्किएका थिए। नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको नमुना विदेश पठाउन लागिएको हो।ज्वरो, खोकीलगायतका लक्षण देखिएका ती बिरामीको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को समन्वयमा एक–दुई दिनभित्रै भारतको पूणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलजी वा हङकङ पठाइने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लालले जानकारी दिए।

उक्त परीक्षणको प्रतिवेदन आएपछि मात्र ती विद्यार्थी नोबेल कोरोना भाइरसबाट संक्रमित रहे वा नरहेको स्पष्ट हुनेछ। डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको वुहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो। हालसम्म उक्त भाइरसबाट संक्रमित अधिकांश बिरामी समुद्री खाद्य बजारमा काम गर्ने छन्। कोरोना भाइरस ऊट बिरालो, चमेरोसहित थुप्रै पशुमा प्रवेश गरिरहेको छ। चीनका सरकारी अधिकारीका अनुसार यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको स्पष्ट प्रमाण छैन।

[ भिडियो हेर्न यहाँ क्लिक गर्नु होस ]