सरकारी एम्बु’ले’न्समा ३० कि’लो गाँ’जा, तीनजना प्रह’रीको नि’य’न्त्र’णमा

मकवानपुर — मकवानपुरमा सरकारी एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँ’जा तस्करी गरिरहेको अवस्थामा ती’न ज’नालाई प्र’हरीले नि’यन्त्र’णमा लिएको छ । रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको बा.२ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा त’स्करी गरिरहेको अवस्थामा प्रहरीले शनिबार राति तीन ज’ना’लाई नि’य’न्त्र’णमा लिएको हो ।प्रहरीले एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, डुमरिया–४ का १९ वर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ वर्षीय विनोद सहनीलाई नि’यन्त्र’णमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

विशेष सूचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीनवटा झोलामा ६ पोका बनाइ राखिएको ३० किलो ६ सय ग्राम गाँ’जा बरामद भएको एसपी राठौरले बताए। प्रहरीले एम्बुलेन्सबाट नेपाली ९१ हजार र भारतीय २ हजार २ सय रुपै’याँसमेत बरामद गरेको छ। चालक महमद खलिद करारका चालक रहेको खुलेको प्रहरीले बताएको छ। मकवानपुर प्रहरीले शनिबारै १० किलो ५ सय ६० ग्राम गाँ’जा’सहित २ जनालाई नि’यन्त्र’णमा लिएको थियो। राक्सिराङ गाउँपालिका–९ का ३५ वर्षीय ज्ञानबहादुर प्रजा र ४२ वर्षीय कान्छाराम मुक्तानलाई हेटौंडा–१० स्थित बसपार्कमा ना.७ ख ६९० नम्बरको यात्रुबाहक बसमा सवार गरिरहेको अवस्थामा प’क्रा’उ गरिएको राठौरले जानकारी दिए।

राठौरले भारतको रक्सौलबाट लागूऔषध नाइट्रोभेट खरिद गरेर हेटौंडातर्फ आउँदै गरेका हेटौंडा–१५ का २२ वर्षीय विजय डिमडुङ र २६ वर्षीय सोम थोकरलाई पनि नि’यन्त्र’णमा लिइएको जानकारी दिए। उनीहरुलाई हेटौंडा–९, पशुपतिनगरबाट प्र’ह’रीले प’क्रा’उ गरेको हो। प’क्रा’उ परेका सबैलाई ला’गुऔ’षध नि’य’न्त्र’ण ऐन अन्तरगत का’रवा’ही अघि बढाउने तयारी भइरहेको प्रह’रीले जनाएको छ।

अमेरिकासंग गरिएको एमसीसी सम्झौतामा के के छ ? सम्झौताको पूर्णपाठसहित (नेपाली र अंग्रेजीमा) – सन् २००४ मा स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी सरकारको सहयोग निकाय हो। यसले निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरी आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै गरिबी हटाउन अनुदान सहायता प्रदान गर्ने उद्देश्य लिएको बताइने गरिएको छ।

हालसम्म ४९ देशमा एमसीसीको सहयोग छ। अल्बानिया, अरमेनिया, जर्जिया, जस्ता युरोपियन देशका साथै अफ्रिकी मुलुकहरुमा पनि यो कार्यक्रम लागू भइरहेको छ। ल्याटिन अमेरिकाको पेरु, ग्वाटेमाला, गुएनाका साथै एशियाका मंगोलिया, फिलिपिन्स, श्रीलंका, इण्डोनेसिया आदि देश पनि यसमा अनुबन्धित छन्। एमसीसीको बोर्ड अफ डाइरेक्टरको २०१७ अगस्ट महिनामा बसेको बैठकले नेपाललाई लगभग ५० अर्बको अनुदान सहयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

यसैअनुसार एमसीसी र नेपाल सरकारबीच २०७४ भाद्र २९ गते ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतामा तात्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका थिए। उक्त सम्झौताबमोजिम अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अ’नुदानस्वरूप उपलब्ध गराउने र नेपाल सरकारका तर्फबाट १३० मिलियन अमेरिकी डलर बराबरको रकम कार्यक्रमका लागि विनियोजन गर्नुपर्नेछ व्यवस्था छ। नेपालले उक्त रकम ऊर्जा र यातायात विकासका पूर्वाधारका क्षेत्रमा खर्च गर्नुपर्नेछ। जसमा सम्झौता लागू भएको मितिबाट ५ वर्षमा परिचालन गरी सक्नुपर्नेछ।

नेपालको विकास परियोजना निर्माणमा अमेरिकाले ५१ अर्ब (पाँच सय मिलियन डलर) र नेपाल सरकारले १३ अर्ब ३६ करोड (एक सय ३० मिलियन डलर) गरी ६४ अर्ब २६ करोड रुपैयाँ (६ सय ३० मिलियन अमेरिकी डलर) लगानी गर्ने योजनाअनुसार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। नेपालका विभिन्न भागमा करिब तीन सय किलोमिटर विद्युतीय प्रसारण लाइन निर्माण तथा तीन सय किलोमिटर सडक मर्मत गर्नु सहयोग सम्झौताअन्तर्गतका परियोजनाको उद्देश्य रहेको वासिङटन डीसीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरिएको थियो।

उक्त सम्झौता संसद्बाट अनुमोदन गरिनुपर्ने सम्झौतामा उल्लेख छ। तर, उक्त सम्झौताले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने र चिनियाँ सहयोगको ढोका ब’न्द हुने भन्दै केहि नेताहरु तथा विज्ञ ब्यक्तिहरुले आ’पत्ति जनाएका हुन्।

प्रकाशित मिति January 27, 2020

प्रतिकृया दिनुहोस