दुलहि बन्नू पर्ने रमिता ला: श बनिन , उनको घर बुग्दा देखियो यस्तो हृदय विदारक दृश्य

सूचना दैनिक
सोमवार, माघ १३, २०७६

यही माघ १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै गर्दा कञ्चनपुर भीमदत्त नगरपालिका ४ की रमिता भट्टलाई टिपरले ठ क्क र दियो । डेढ वर्ष अघि परिवारसंग विद्रोह गरेर प्रेमीसंग बस्दै आएकी उनलाई अहिले माइतीले पनि स्वीकार गरेपछि उनको खुसी दुई गुना भएको थियो । परिवार विवाहको तयारीमा जुटेको थियो । उनी आफै आफ्नो साथीलाई विवाहको कार्ड दिन भन्दै साइकलमा घरवाट निस्केकी थिइन् । तर कहिल्यै नफर्कने गरी उनी अ स्ताइन् । टि परले उनको सबै सपना भ ताभुंग पारिदियो ।

बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया उनको घटना स्थलमै निधन भयो। रमिताको निधन त भयो तर अहिले त्यसले कैयौं सांस्कृतिक प्रश्न पनि उब्जाएको छ । रमिताको बुवाहरु पनि मिल्ने साथी थिए । छोराले माया गरेर ल्याएपछि उनीहरुको परिवारले पनि छोरी जस्तै मानेर पढाएका थिए । लयदेखि झण्डै ५ सय मिटर दुरी पश्चिममा भएको हो। स्थानीयले टिपर आ तङ्क बढेको भन्दै टि प्पर माथी ढुु ङ्गाु मुुढा प्रु हार गरेका थिए।

भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन्। डेढ वर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन्। उनीहरु संगै बसेको डेढ वर्ष भए पनि उनीहरुको विवाहलाई औपचारीकता दिन विभिन्न वाधा अड्चन आएका कारण हुन सकेको थिएन । कहिले जुठो पर्ने कहिले दिन नमिल्ने गर्दा गर्दौ डेढ वर्ष बित्यो । तर अन्त्यमा माघ १३ गते विवाह गर्ने निधो भएपछि दुवै परिवार तयारीमा जुटेको थियो । औपचारीक रुपमा विवाह नगरेका कारण उनको अन्तिम संस्कार कसले गर्ने भन्ने सास्कृतिक प्रश्न उब्जाएको छ । औपचारीक रुपमा विवाह नभएका कारण अहिले उनको अन्तिम संस्कार माइती पक्षले गरेका छन् । दुई परिवारको सल्लाहमा माइतिले नै गर्ने सहमति भएको रमिताको ससुराले बताए ।

नजिकका आफन्त र साथीभाईलाई नियन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन्। रमिताको घर तर्फको परिवारले उनलाई ठक्कर दिने चालकलाई हदै सम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । क्षतिपुर्तीको कुरा होइन, मानिस नै नभएपछि त्यो क्षतिपुर्ती के गर्ने तर कडा कारवाही हुनुपर्छ रमिताको ससुराले भने ।