कसैले त्यतिकै पैसा दिँदैन, एमसीसी देशका लागि सबैभन्दा खतरा छ : नारायणमान बिजुक्छे

सूचना दैनिक
मङ्लबार, माघ १४, २०७६

भक्तपुर। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले एमसीसी नेपालका लागि खतरा भएको बताएका छन्। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिसँगको अन्तक्र्रियामा बिहीबार उनले देशलाई जोगाउने जिम्मा सांसदमा आएको बताए।

‘एमसीसी देशका लागि सबैभन्दा खतराको विषय हो, कसैले पैसा दिइरहेको छ भने किन दिइरहेको छ भन्ने कुरा पनि हुन्छ नि, कसैले त्यतिकै पैसा दिँदैन, सबै सचेत हुनुपर्छ’, उनले भने।

टापुहरू भएका देश र बेलायतको उपनिवेशमा परिसकेका देश यसमा सहभागी रहेको बताउँदै उनले भारतमा पनि यसको विरोध भइरहेको जानकारी दिए। एमसीसीको विषयमा बुझेका नेताले यसको विरोध गरिरहेको र नबुझेका नेताले केही बोल्न नसकेको उनले बताए। यो सम्झौता विकासका लागि मात्र नआएको उनको भनाइ छ।

संसदबाट एमसीसी पारित गर्न दबाब दिने कांग्रेस संसदीय दलको निर्णय

नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने लगायतका निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार एमसीसी पारित गर्नका लागि संसदमा दबाब दिने निर्णय गरेको छ