काली माताको दर्शन गरी ०७६ माघ १७ गते शुक्रबारको राशिफल हेर्नुहोस्, यी ३ राशिलाई आज शुभ फल मिल्नेछ !

सूचना दैनिक
शुक्रबार, माघ १७, २०७६

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् ।बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रनेछ । काम गर्दिन्छन् कि भनेर अरुको आसा नगर्नुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि उचित मुल्य पाइने छैन । अर्थ अभावले कामहरु प्रभावित हुनेछन् । बुवा तथा बुवा सरहका व्याक्तिहरुको धन सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाब बढ्ने योग रहेकोछ भने अध्ययनमा सफलता प्राप्त गर्न निकै समय खर्चिनु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुँन सकिनेछ । व्यवसाय फस्टाएरु जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभइहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् ।कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र, मनपर्ने तथा विलाशि बस्तु हात लागि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नसोचेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदी बहिनिबाट सहयोग तथा समर्थन पाइनेछ । सुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाढि सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारी प्राप्त हुनेछ । व्यवसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) एकल तथा साझेदारि व्यापार व्यवसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धिहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुँदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाइने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबीच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलकाबीच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धनस्थानमा गोचर गर्ने चन्द्रमाले नया प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नया प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मिहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गहरुका लागि मेहनत गरि अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरु सँग भेट हुनाले दिन रमाईलो गरि बिताउन सकिनेछ