सिन्धुलीमा भएको भयानक मोटरसाइकल दुर्घटनामा २ जनाको मृ|त्यु

सूचना दैनिक
शनिबार, माघ १८, २०७६

काठमाडौं । आज बिहानै भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको हो । वीपी राजमार्गअन्तर्गत गडौली पुलमा आज बिहान प्रदेश २–०२–००१ प.२५१० न.को. मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटर साइकल चालक धनुषा जिल्ला महेन्द्रनगरका सुनिलकुमार राय राजपुत र अन्य एक जना पुरुषको घटना स्थलमानै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल खसेको हो ।