सावधान ! : पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्, मसीमा हुन्छ यस्तो ड’रलाग्दो रसायन ?

सूचना दैनिक
शनिबार, माघ १८, २०७६

काठमाडौं । पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिने गर्छन्  । अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । तर एउटा कुन कुरा हामीले एउटा के कुरा ख्याल गर्नुपर्छ भने अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जो’खिमपूर्ण हुन्छ ।

यो अभ्यासलाई रोक्न हाम्रो मुलुकमा कुनै का’नुनी व्यवस्था गरिएको नपाइए पनि भारतमा त्यहाँको सरकार यसप्रति निकै ग’म्भीर भएको छ । भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (ईएफएसएसएआई) ले हालै एडभाइजरी जारी गर्दै अखबारमा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि ख’तरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको हो । अखबारलाई थालका रूपमा उपयोग गर्दा क्या’न्सर लगायत हुने ख’तरा बढछ ।

पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रो’ग हुने जो’खिममा समेत वृद्घि हुन्छ । यस्ता खानेकुराले बालबालिका र बूढापाका बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रो’गसँग ल’ड्ने क्षमता कम हुन्छ । अखबारमा समाचार वा फोटो छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । यी सबै रसायन निकै ख’तरनाक हुन्छन् ।

यिनको थोरै अंशले पनि तपाईं हाम्रो शरीरमा क्या’न्स’रजस्तो घा’तक रोग उत्पन्न गर्न सक्छ । अखबारमा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचन प्रणाली पनि प्रभावित हुन्छ । अखबारको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ ।अर्को कुरा, अखबारमा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । यसले गर्दा फोक्सो र मूत्राशयको क्या’न्सर हुने जो’खिम बढ्छ । एजेन्सी